News International

भारत-अष्ट्रेलिया रक्षा सहकार्य मजबुत पार्ने प्रतिबद्धता

भारत-अष्ट्रेलिया रक्षा सहकार्य मजबुत पार्ने प्रतिबद्धता


क्यानबेरा – अष्ट्रेलियाका रक्षा प्रमुख एडमिरल डेभिड जोनस्टोनले भारतीय रक्षा प्रमुख जनरल अनिल चौहानलाई स्वागत गर्दै भारतसँगको रक्षा सहकार्यलाई थप सुदृढ पार्ने प्रतिबद्धता व्यक्त गरेका छन्।


जनरल चौहानको आधिकारिक भ्रमणको क्रममा अष्ट्रेलियाका वरिष्ठ रक्षा अधिकारीहरूसँग छलफल गरिएको थियो। दुई देशबीचको दीर्घकालीन रक्षा तथा सुरक्षासम्बन्धी सहकार्यलाई प्रभावकारी बनाउने व्यावहारिक उपायहरूमा छलफल केन्द्रित रह्यो। अष्ट्रेलियाले भारतलाई आफ्नो “शीर्ष श्रेणीको सुरक्षा साझेदार” भनेको छ।


यस भ्रमणलाई भारत-अष्ट्रेलिया समग्र रणनीतिक साझेदारीअन्तर्गत रक्षा तथा कूटनीतिक सम्बन्धलाई अझ मजबुत बनाउने अवसरका रूपमा हेरिएको छ। दुबै देशबीच समुद्री, स्थल तथा हवाई क्षेत्रमा सैन्य अभ्यासहरू निरन्तर भइरहेको छ।


क्यानबेरामा रहेको अष्ट्रेलियन वार मेमोरियलमा जनरल चौहानले पुष्पाञ्जलि अर्पण गर्दै युद्धमा ज्यान गुमाएका सैनिकहरूलाई श्रद्धाञ्जली दिएका थिए। अष्ट्रेलियन सरकारको विज्ञप्तिअनुसार यो भ्रमण पारस्परिक सूचना आदानप्रदान, समुद्री क्षेत्र निगरानी, तथा सैन्य परिचालनमा सहयोग विस्तार गर्ने उद्देश्यले सम्पन्न भएको हो।

Special