बैंंकमा लाईनमा नवसी सेवा लिन चाहनु हुन्छ ? नविल बैंकमा सम्भव छ

  • शुक्रबार, २० साउन २०७९ गते मा प्रकाशित
बैंंकमा लाईनमा नवसी सेवा लिन चाहनु हुन्छ ? नविल बैंकमा सम्भव छ

के तपाईलाई कुनै काम विशेषले बैंक जानु पर्ने छ ? खाता खोल्न, ऋणको  प्रक्रिया सुरु गर्न वा बुझ्न, नगद कारोवार गर्न, सोधपुछ गर्न अथवा बैंक प्रतिनिधिसँग कुरा गर्नु पर्ने छ? त्यसो हो भने पक्कै पनि बैंकमा घण्टौसम्म लाईन बस्नु पर्ने झन्झटबाट छुटकारा पाउन चाहनु हुन्छ। तपाई ब्यस्त हुन सक्नु हुन्छ र तपाइँसँग लाईन वसेर सेवा लिने अवस्था छैन भने तपाईले अनलाईनबाटै अपोईण्टमेण्ट लिन सक्नु हुन्छ।

नबिल बैंकले ग्राहकको सुविधालाई मध्ये नजर गरी अनलाईन अपोन्टमेन्टको सुविधा सुरु गरेको छ। अनलाईन अपोईण्टमेण्ट लिनु भयो भने तपाईलाई सेवा दिन वैंकका कर्मचारीहरु तपाईले भनेकै समय र भनेकै शाखामा कुरेर बसीरहेका हुन्छन। काम गराउन तपाइले लाईन बसिरहनु पर्दैन।

यसका लागि नविल बैंकको वेबसाईट www.nabilbank.com मा गएर यो सुविधा लिन सकिने छ। वेबसाईटमा प्रवेश गरेपछि ‘अपोइन्टमेन्ट बुक गर्नुहोस’ भन्ने अप्सनमा क्लिक गर्नुपर्नेछ। त्यसपछि ग्राहकले पर्सनल बैंकिङ्ग र विजनेश वैंकिङ्ग मध्ये एउटा छनौट गर्नुपर्नेछ। जसमा ग्राहकले कुन उदेश्यका लागि अपोन्टमेन्ट लिन खोजेको हो, त्यो विषय छनौट गर्नुपर्ने छ। जस्तैः ऋण, बैंक प्रतिनिधिसँग सम्पर्क, इन्क्वाईरी, खाता खोल्ने, नगद कारोवारलगायतका अप्सन मध्ये एउटा छनौट गर्न पाईने छ।

त्यसपछि इमेल मार्फत वा कल गरेर अपोइन्ट लिन खोजिएको दुई मध्ये एक छनौट गरी बैंकको शाखा छनौट गर्न सकिने छ। त्यसपछि कुन दिन र कुन समयका लागि आफुले अपोइन्टमेन्ट लिन खोजेको हो, खुलाउनु पर्ने छ। 

त्यसपछि आफनो सामान्य परिचय (नाम, इमेल आईडी, मोवाईल नम्वर) समावेश गर्ने र अपोईन्टमेन्टको समयमा आफुसँग रहने अन्य कोही ब्यक्ति भए उनको नामसमेत उल्लेख गर्न सकिने छ।

यसरी अपोन्टमेन्ट लिएर जाँदा ग्राहकले बैंकमा जानासाथ तुरुन्तै आफनो काम गराउन पाउने र लाईनमा वस्नु पर्ने झन्झट पनि नहुने बैंकले जनाएको छ। कोरोना लगायतका संक्रमणबाट मुक्त हुन पनि यो सेवाले ग्राहकलाई सहयोग पुग्ने जनाईएको छ।