छोटो समयमै ग्राहकको मन जित्दै ‘शिवम मोवाईल एप’

  • बिहिबार, १५ असोज २०७७ गते मा प्रकाशित
छोटो समयमै ग्राहकको मन जित्दै ‘शिवम मोवाईल एप’

कोरोना भाइरसको संक्रमण सुरु भएपछि निर्माण जगतमा परेका असरलाई कम गर्न शिवम सिमेन्टले मोवाईल एप सञ्चालनमा ल्याएको छ । उद्योगले हरेक किसिमका निर्माण कार्यको निरन्तरतालाई ध्यानमा राखेर मोवाईल एपवाटै सिमेन्ट खरिद गर्न सक्ने ब्यवस्था मिलाएको छ ।

सिमेन्ट उद्योगका क्षेत्रमा मोवाईल एपको प्रयोग यो पहिलो हो । स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर एप प्रयोगमा ल्याईएको हो ।  मोवाइल चलाउने ब्यक्तिले गुगल प्ले स्टोर तथा आइओएस एप स्टोरमा गएर सहज र निशुल्क रुपमा शिवम मोवाईल एप डाउनलोड गर्न सक्छन । यसले काममा निरन्तरता र सामाजिक दुरी पनि कायम हुने छ ।

कम्पनीका प्रतिनिधि भन्छन– हामीले मोवाईल एप सार्वजनिक गरेको २ महिना भयो। ग्राहकको सहजताका लागि गरिएको यो सिमेन्ट जगतमा विल्कुलै नयाँ प्रयास हो। त्यसैले सिमेन्ट खरिदमा मोवाईल एप ग्राहकहरुको रोजाईमा पर्ला/नपर्ला हामी पनि अध्ययन गरिरहेका थियौ। कोभिड–१९ ले ल्याएको विषम परिस्थितीका वावजुद पनि निर्माण कार्यमा निरन्तरता दिनु पर्छ भन्ने हाम्रो प्रयासलाई ‘शिवम् मोवाईल एपले’ पुरा गर्दैछ। मोवाईल एप्स छोटो समयमै ग्राहकहरुको मन जित्न सफल भयो । एप्स मार्फत आएका अर्डरलाई हामीले छिटो, छरितो र समयमै निर्माण स्थलमा डेलेभरी गरिरहेका छौं। 

छोटो समयमा नै यसले पाएको सफलताले हामीलाई अझै उत्साहित वनाएको छ । शिवम मोवाईल एप सिमेन्ट खरिद गर्ने प्रयोग कर्तालाई मध्यनजर गर्दै छिटै नेपाली भर्सनमा समेत अपडेट गर्ने तयारी छ । एक पटक अर्डर गरेका ग्राहले आफ्नो आवश्यकता अनुसार पुनः दोहोर्याई तेहेर्याई अर्डर गर्ने गरेका छन् । भुक्तानीका लागि पनि विभिन्न सजिलो माद्यम वनाईएको छ । नगद भुक्तानी गर्नेलाई नगद वा नगद भुक्तानी असहज हुनेका लागि इ–भुक्तानीको सेवा समेत दिईएको छ । कोरोना भाईरसको संक्रमणका डरले मानिस घरमा वसेका छन् । काम गराउने इच्छा भएर पनि त्यसै वस्नु परेको अवस्था छ, यो विषम परिस्थितीलाई मध्यनजर गरेर एप्प प्रयोगमा ल्याईएको हो । यो सुविधा तत्कालका लागि काठमाडौं उपत्यका भित्रका लागि मात्रै भएपनि चाँडै नै देशैभर पुर्याईने उद्योगले जनाएको छ ।

मोवाईल एपको प्रयोगले गुणस्तरीय सिमेन्ट पाउने सुनिस्चित भएको छ भने सिमेन्टको मुल्य तथा विभिन्न छुट ओजनाहरु एप मानै निर्धारण गरिएको हुनाले ग्राहकवर्ग मुल्यमा सुनिस्चत हुनेछन । भने अर्डर पश्चात सिमेन्ट निर्माण स्थलमानै उपलव्ध हुने भएको हुनाले र कोरोनाको जोखिम पनि कम हुनेछ ।

भुक्तानीका लागि पनि खल्ती, इसेवा, कनेक्ट आइपिएस र क्यास अन डेलिभरीको सुविधासमेत उपलब्ध गराइएको छ । उद्योगले एपको माद्यमवाट आउने अर्डर समयमै तोकिएको स्थानमा डेलिभरी दिँदै आएको छ ।

एप मार्फत न्युनतम १० देखि अधिक्तम २४० वोरा (एक ट्रक) सम्म अर्डर गर्न सकिन्छ । २४० वोराभन्दा माथिका लागि पुनः एप मार्फत अर्को अर्डर गर्नु पर्ने ब्यवस्था छ । 


गुणस्तरमा नो कम्परमाईज

शिवम सिमेन्टले हेटौंडामा रहेको जर्मनी प्रविधीवाट सिमेन्ट उत्पादन गरीरहेको छ । यसले आफ्नै चुनढुँगाको प्रयोग गरी उच्च गुणस्तरको क्लिन्कर, शिवम र शिवम् प्लस ब्राण्डको सिमेण्ट उत्पादन गर्छ । 

शिवम सिमेन्टले निविन प्रविधिको प्रयोग, गुणस्तरिय उत्पादन, विक्रि वितरण तथा उच्च व्यवस्थापनमा अधिक ध्यान दिने गरेको शिवम सिमेन्टसका शिवम् प्रतिनिधि वताउँछन् । उनी भन्छन्–‘गुणस्तरिय उत्पादनमा हामी प्रतिवद्ध छौं ।’ उद्योगले ‘क्वालीटीको मामलामा नो कम्परमाइज’ अभियान नै सुरु गरेको छ ।

सिमेन्टमा गुणस्तरता कायम गर्न सकेकै कारण सिमेन्ट जनगमै पहिलो पटक नेपाल नापतौल तथा गुणस्तर विभागले शिवम सिमेन्टलाई ‘एनएस गुणस्तर अवार्ड २०१९’ प्रदान गरेको छ । 
विभागबाट हरेक वर्ष नेपाल गुणस्तर चिन्ह प्राप्त सम्पुर्ण उद्योगहरु मध्ये खुल्ला प्रतिस्पर्धा गरी निरन्तर सर्वोत्कृष्ट बस्तु उत्पादन गर्ने, सम्पूर्ण उत्पादन प्रक्रिया र उत्पादित बस्तुको स्वतन्त्र परिक्षणबाट उच्च गुणस्तरको बस्तु उत्पादन र विक्रि वितरण गर्ने उद्योगलाई सम्मान स्वरुप प्रदान गर्दै आहिरहेको छ ।

विभिन्न जलविद्युत आयोजनाहरु, पुल, काठमाडौंको चक्रपथ विस्तार आयोजना, नेपाली सेनाको नागरिक र भेट्रान्स अस्पताल निर्माण आयोजना तथा सुरुङ्ग निर्माण आयोजनासहित ठूला व्यवसायिक एवम् आवासिय भवनहरुको निर्माणमा शिवम् सिमेन्ट पहिलो रोजाईमा परिरहेको छ । निजी तथा सरकारी स्तरमा निर्माण हुने अधिक महत्वका आयोजनामा शिवम् सिमेन्टको प्रयोग अझै वढ्दै गएको छ ।

यति मात्र होईन, नेपालवाट भारत निर्यात गर्न इजाजत प्राप्त सामान मध्ये एक हो– शिवम् सिमेन्ट । यसले भारतको गुणस्तर सम्बन्धि अन्तराष्ट्रिय स्तरको आइएसआइ प्रमाण पत्र प्राप्त गरेको छ । ‘शिवम् सिमेन्ट गुणस्तरीय सिमेन्टको पर्यायवाची भएको छ’ शिवम् सिमेन्टका प्रतिनिधी भन्छन्–‘गुणस्तरमा सम्झौता नगरेकै कारण आज यो स्थान प्राप्त भएको हो ।’


सामाजिक काममा हातेमालो

विश्वलाई आक्रान्त बनाएको कोरोना भाईरस नियन्त्रण तथा रोकथामका लागि भइरहेको प्रयासमा शिवम् सिमेन्टले स्थानीय सरकारसँग हातेमालो गरेको छ । 

लकडाउन तथा निषेधाज्ञाका कारण हातमुख जोड्न समेत समस्या भएका मकवानपुरको हेटौंडा उप–महानगरपालिकाका वार्ड नं. ६, १६ र १७ का ३ सय ८० घर परिवारलाई उद्योगले खाद्यान्न वितरण गर्यो । यसैगरी, आफ्नो सामाजिक उत्तरदायित्व वहन गर्दै मकवानपुर गढी गाउँपालिकामा १० वेडको आइसोलेसन÷क्वारेन्टाईन निर्माणका लागि आर्थिक सहयोग गरेको छ ।

उद्योगले सुकौरा, बुढिचौर, आमभञ्ज्याङ्ग, मकवानपुरगढि र हटिया लगायतका सर्वसाधारणलाई लक्षित गरी मकवानपुर गढि स्वास्थ्य चौकीलाई सुविधा सम्पन्न एम्बुलेन्स पनि हस्तान्तरण गरेको थियो । एम्बुलेन्ससहित त्यसको व्यवस्थापन तथा प्रारम्भिक खर्च स्वरुप ५१ हजारको सिड मनी पनि प्रदान गरिएको थियो ।

यसका अतिरिक्त स्थानीय सरकारको समन्वयमा सडक निर्माण, खानेपानी व्यवस्थापन, स्वास्थ्य चौकी सञ्चालनमा सहयोग, वातावरण संरक्षण, शैक्षिक प्रवर्धन लगायका क्षेत्रमा पनि शिवम सिमेन्टको भुमिका ठुलो छ । उद्योगका कर्मचारी भन्छन्–‘यो विषयमा हामीले भन्दा पनि स्थानीय सररकार र नागरिकले दिने जवाफ चाहि अर्थपुर्ण हुन्छ ।’


सर्वसाधारणलाई आइपिओ

निजी क्षेत्रमा बैंक पछि सिमेन्ट जनगमै पहिलो पटक शिवम सिमेन्टले स्थानीय र सर्बसाधारणलाई आईपिओ निस्काशन गरेको छ । उद्योगले सर्वसाधारणलाई ४ सय र स्थानीयलाई ३ सयमा शेयर जारी गर्नको लागि नेपाल धितोबोर्डबाट स्वीकृति लिएको थियो ।


शिवम सिमेन्टको मोवाईल एप डाउनलोड गर्न तलको लिंकमा क्लिक गर्नुहोस।

⮞⮞⮞⮞⮞⮞ शिवम सिमेन्टको मोवाईल एप ⮜⮜⮜⮜⮜⮜ Google Play (Android)

⮞⮞⮞⮞⮞⮞ शिवम सिमेन्टको मोवाईल एप ⮜⮜⮜⮜⮜⮜ App Store (IOS)