आइटी पढ्न चाहने छात्रालाई पास्कल कलेजको छात्रावृत्ति

  • आइतबार, २२ भदौ २०७६ गते मा प्रकाशित
आइटी पढ्न चाहने छात्रालाई पास्कल कलेजको छात्रावृत्ति

काठमाडौं : आज हामी सबैको हातहातमा स्मार्ट फोन छ। त्यस्तै, सबै इन्टरनेटका माध्यमबाट देश तथा विदेशमा रहेका आफन्तसँग कुराकानी गरिरहेका हुन्छौँ। यो सबै सूचना प्रविधिका कारण सम्भव  भएको हो। आगामी दिनमा यसको प्रयोग अझै बढ्ने निश्चित प्रायः छ।

भविष्यमा तरकारी, फलफूलदेखि लिएर गरगहना, लुगा-कपडा जस्ता वस्तुहरू अनलाइनका माध्यमबाट खरिद गर्न क्रम झन् बढ्ने देखिन्छ। यी यावत कारणहरूले आगामी दिनमा सूचना प्रविधि (Information Technology) को क्षेत्रमा रोजगारीका ढोकाहरू बढीभन्दा बढी खुल्दै जाने निश्चित छ।

विश्व आर्थिक मञ्च (World Economic Forum 'WEF')को तथ्यांकअनुसार आगामी वर्षमा विश्वभरि नै सूचना प्रविधिको क्षेत्रमा धेरै नै रोजगारीका अवसर सिर्जना हुनेछन्। हालसालै नेपाल सरकारले जापान सरकारसँग दक्ष कामदार पठाउने सम्झौता गर्दा सूचना प्रविधिलाई पनि समावेस गरेको छ।

यस्तो सम्भावना युक्त क्षेत्रमा महिला सहभागिता भने निकै कम रहेको छ। सूचना प्रविधिमा महिलाको सहभागिता नेपालमा मात्र होइन विश्वभर कम रहेको छ। हाम्रो जस्तो विकाशील देशमा त यो संख्या एकदमै न्यून रहेको छ। हुन त सूचना प्रविधि बाहेकका अन्य विज्ञान, गणित, इञ्जिनियरिङ [जसलाई संयुक्त रूपमा 'STEM' (Science Technology, Engineering and Mathematics) पनि भनिन्छ] का क्षेत्रमा पनि महिलाको सहभागिता कम रहेको छ।

विश्व भरका विकसित देशहरूले एसटिइएम (STEM) मा कसरी महिला सहभागिता बढाउन सकिन्छ भनेर विभिन्न योजनाहरू बनाएर तिनलाई कार्यान्वयन पनि गरिरहेका छन्। समग्र देश विकास तथा समाजको बढोतरीका लागि समेत यो क्षेत्रमा सहभागिता जनाउन अति नै आवश्यक रहेको छ।

यीनै विषय वस्तुलाई मध्यनजर गरेर पाश्कल नेशनल कलेजले सूचना प्रविधिमा महिला सहभागिता बढाउने उद्देश्यअनुसार छात्रावृत्ति योजना ल्याएको छ। आजको सबैभन्दा बढी रोजगारीको सम्भावना भएको क्षेत्र सूचना प्रविधि क्षेत्रमा छात्राहरूलाई बढीभन्दा बढी सहभागी गराउने उद्देश्यका साथ छात्रावृत्ति प्रदान गर्न लागेको कलेजले जनाएको छ।

कलेजले छात्राहरूलाई छात्रावृत्तिकाका माध्यमबाट त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा संचालित शैक्षिक कार्यक्रम बिसिए [BCA (Bachelor of Computer Application)] मा पढाउने कार्ययोजना ल्याएको हो। यो बिसिए कार्यक्रममा विशेष गरेर विधार्थीले कम्प्युटर सफ्टवर/अप्लिकेशन डेप्लवमेन्ट, वेब डेभ्लपमेन्ट, ग्यामिङ, स्मार्ट टेक्नोलोजी डेभ्लपमेन्ट [Computer Software/Application development, Web Development, Gaming, Smart Technology Development] जस्ता सीप सिक्नेछन्।

यो कार्यक्रम समेस्टरमा आधारित 4 years  कोर्ष भएकोले अन्तर्रास्ट्रियस्तरमा समेत ख्याती प्राप्त रहेको छ। यस छात्रावृत्ति कार्यक्रमअन्तर्गत कलेजले छात्राहरूलाई विभिन्न स्किमअनुसार छात्रावृत्ति उपलब्ध गराउने बताएको छ। यस छात्रावृत्ति कार्यक्रमभित्र रहेर पढन इच्छुक छात्राहरूले कलेजमा सम्पर्क गर्न सक्नेछन्।

सम्पर्क फोन नम्बर : ०१५५२४९१०

स्थान : पास्कल नेसनल कलेज सातदोबाटो