भारतको चर्चित कार टाटा एच फाइभ नेपालमा

  • मङ्गलबार, १० भदौ २०७६ गते मा प्रकाशित
भारतको चर्चित कार टाटा एच फाइभ नेपालमा

काठमाडौं । टाटा मोटर्सको चर्चित प्रिमियम एसयूभी टाटा एच फाइभ नेपालमा प्रवेश गरेको छ। प्रभावकारी डिजाइन रहेको यो कार भारतलाई भारतमा ह्यारियरका नामले पनि चिनिन्छ। कार बाहिरबाट हेर्दा आकर्षित देखिन्छ, भने रियर विन्डशिल्ड, एलइडी टेललाइट र रियर डिफ्युजरले यसलाई अझ सान्दार लुक्स दिन्छ।  

नेपालका लागि टाटा मोर्टसको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङले नेपाली बजारमा बुकिङसमेत खुल्ला गरिसकेको छ। टाटा एच फाइभ बुकिङ गर्नका लागि २५ हजार रुपैयाँ जम्मा गराउनुपर्ने हुनेछ। साथै सिप्रदीले, ग्राहकहरूलाई टाटा एच फाइभ मन परेन भने १२० प्रतिशत बुकिङ रिफन्ड गर्ने जनाएको छ ।

कारको कुरा गर्दा, क्रियोटेक २.० लिटर टर्बो डिजेल इन्जिनयुक्त टाटा एच फाइभ भारतीय बजारमा निकै चर्चित छ। एच फाइभमा रहेको इन्जिनले १३८ बिएच पावर र ३५० एनएम टर्क जेनेरेट गर्छ।

टाटा एच फाइभ ल्यान्डरोवरको ओमेगा डि एट प्लेटफर्ममा निर्माण गरिएको गाडी हो। आकर्षक रहेको टाटा एच फाइभमा पुश बटन स्टार्ट–स्टप, सेमी–डिजिटल इन्स्ट्रूमेन्ट कन्सोल, मल्टी–फङ्गसन स्टरिङ, हाइटअजस्टेबल ड्राइभर सीट, अटो क्लाइमेट कन्ट्रोल जस्ता विशेषताहरू रहेका छन्।

यो कारको सुरक्षाको कुरा गर्दा, यसमा ६ वटा एयर व्याग दिइएको छ। यसमा ड्राइभर सिटको र त्योसँगै रहेको अर्को सिटको दायाँबायाँतर्फ पनि एअर ब्याग दिइएको छ। यसले दुर्घटनाका क्रममा हुने ठूलो खतरालाई न्यून गर्दै यात्रुलाई सुरक्षित राख्न मद्दत गर्ने कम्पनीको विश्वास छ।

यो कारमा इलेक्ट्रिक स्टाबिलिटी प्रोग्राम (इएसपी) समावेश गरिएको छ। अत्याधुनिक इएसपीअन्तर्गत १४ वटा अतिरिक्त सुरक्षा फन्सनहरू समावेश छन्। जस्तै: एन्टिलक ब्रेकिङ सिस्टम, इलेक्ट्रिकल ब्रेक फोर्स डिस्ट्रिब्युसन, इलेक्ट्रोनिक्स ट्राक्सन कन्ट्रोललगायत फन्सन समावेश छन्। यसले यो कार नेपाली सडकमा सुरक्षति परिचालन गर्न सघाउँ पुर‍्‍याउँछने अपेक्षा कम्पनीको छ।

पहाडी क्षेत्रमा गाडी कुदाउँदा ब्याक हुने सम्भावना रहन्छ भने चिप्लिन खतरा पनि उत्तिकै देखिन्छ। यस्तो समस्याका समाधानका लागि टाटा एच फाइभमा हिल होल्ड (एचएचसी) र हिल डिसेन्ट कन्ट्रोल (इचडिएच) प्रविधि समावेश गरिएको छ। जसकारण पहाडी क्षेत्रमा गाडी पछाडि ह्ट्छ कि भन्ने चिन्ताबाट मुक्त भइ सहजै एच५ चलाउन सकिन्छ।

गाडी ब्याक गर्ने समयमा सहजता प्रदान गर्नका लागि गाडीमा रिभर्स पार्किङ क्यामरा पनि समावेश छ। यसमा प्रयोग भएको पार्किङ सेन्सरका माध्यमबाट सबै जानकारी डिस्प्लेमा देखिन्छ। यसको माध्यमबाट सहजताका साथ गाडी ब्याक गर्न सकिन्छ।