पुरानो मूल्यमा नयाँ र सुरक्षित गाडी (भिडियोसहित)

  • बिहिबार, ३० असोज २०७६ गते मा प्रकाशित
पुरानो मूल्यमा नयाँ र सुरक्षित गाडी (भिडियोसहित)

काठमाडौं । नेपाली गाडी पारखीहरुको नजरमा कार मोह बढ्दो छ । त्यसैले अहिले नेपाली बजारमा थुप्रै ब्रान्डका कारहरू भित्रिएका छन् । यस्तो अवस्थामा ग्राहकलाई कुन कार किन्दा ठीक होला ? दुखले आर्जेको सम्पत्ति खर्चेर किनेको गाडी कस्तो पर्ने हो भन्ने चिन्ताले आम उपभोक्तालाई सताइरहेको हुन्छ । भनिन्छ– घरपछि दोस्रो सबैभन्दा ठूलो लगानी गाडी खरिद हुन्छ । हुन पनि यो दोस्रो घर हो । मानिसको जीवन पनि हो ।  यस्तै, अवस्थामा सानो गल्ती गर्दा ठूलो नोक्सानी पनि व्यहोर्नु पर्ने अवस्था आउन सक्छ ।


यस्तै अवस्थालाई चिर्न हामीले हामीले नेपाली बजारमा भित्रिएका विश्वकै नम्बर एक अन्तर्गत पर्ने ब्रान्डको समीक्षा गर्दैछौं । त्यो नेपाली बजारमा निकै लोकप्रिय रहेको Volkswagen कम्पनीको पोलो कम्फर्ट लाइन  १.०, पेट्रोल भेरियन्ट । निकै आकर्षक ‘स्मार्ट की’ मार्फत् ‘लक अनलक’ गर्न सकिने यो कार नेपाली बजारमा धेरै विक्री हुने कार अन्तर्गत पर्दछ । भित्रिएको एक दशकमै यो नेपाली ग्राहकको विश्वास आर्जन गर्न सफल भएको छ । 

भक्सवागन ब्राण्डको अटोमोबाइल कम्पनी नेपालमा भित्रिएको एक दशक भयो । विश्वकै नम्बर १ अटोमोबाइल कम्पनी हुने सौभाग्य यसले पाएको छ । लामबर्गित बडी, बोगटीजस्ता गाडी पनि उच्च गुणस्तरीय उत्पादनभित्र पर्दछन् । कतिपय अवस्थामा यी गाडीहरूको डिएनए साटासाट अर्थात् प्रविधि साटासाट हुने गर्छ  


फ्रन्ट प्रोफाइल

पोलो 1.0 को  फ्रन्ट प्रोफाइल हेर्दा  निकै आकर्षक छ । यसको फ्रन्ट ग्रील विथ Volkswagen लोगोले झन सुनमा सुगन्ध थप्ने काम गरेको छ । कम्पनीले ‘बेसिक अप्सन’देखि नै क्रोम ग्रील प्रदान गर्दै आएको छ ।

गाडीमा डबल चिम हेलुजन हेड ल्याम्प छ । यसमा पनि हाई बिम र लो बिम फरक फरक छनोट छ । हाइ बिम र लो बिम फरक  हुँदा नेपालजस्तो भौगोलिक विविधता भएको देशका लागि निक्कै उपयोगी प्रमाणित भएको छ ।  किनकी नेपालका सडक बढी कच्ची खालका छन् । रातिको समयमा गाडी चलाउँदा हाइ बिमको बत्ती मात्र बाल्दा दुर्घटना हुने खतरा बढी हुन्छ । तर, सम्भावित दुर्घटनालाई कम गर्न पोलमा लो बिम र हाइबिम फरक फरक राखिएको हो ।  यसले हामीलाई सुरक्षित यात्राका लागि भरपूर मद्दत गर्नेछ । यसका साथै फग ल्याम्प पनि गाडीमा समावेश गरिएको छ । हिउँद महिनामा यसको उपयोगिता बढी हुने गर्छ । 


कम्पनीको ध्यान सुरक्षामा    

विशेषतः कम्पनीले आफ्नो ध्यान गाडीको टिकाउपन र सुरक्षालाई दिएको छ ।  गाडीको सबैभन्दा अग्र भागमा रोल ओभर प्रोटेक्सन छ । यसको मुख्य काम गाडीको डिजाइनलाई प्रिमियम लुक्स दिनुका साथसाथै यात्रालाई सुरक्षा प्रदान गर्नु हो । यसको महत्वपूर्ण काम भनेको यदि दुर्घटना परिहाल्यो भने दुर्घटनामा परेका व्यक्ति गाडीको टायर मुनि नआओस् भन्ने हेतुले यो सुरक्षा प्रणाली अपनाइएको हो । त्यस्तो अवस्थामा यसले रोल ओभर गरेर माथि फाल्छ । 

सामान्यत गाडी ठोकिँदा हुन सक्ने सम्भावित क्षतिलाई न्यूनीकरण गर्न कम्पनीले अर्को तरिका पनि अपनाएको छ । त्यो हो– यसको ड्यास बोर्ड । अन्य गाडीको भन्दा यो गाडीको ड्यास बोर्ड ठूलो छ । यदि दुर्घटनामा परिहाल्यो भने पनि त्यसको असर क्याबिनसम्म नआओस  भनेर ड्यासबोड ठूलो राखेको कम्पनीले जनाएको छ ।


अन्य कुरा

गाडीमा स्टिल ह्विल कभरको साथमा १४ इन्चको टायर रहेको छ । यो गाडीको ग्राउन्ड क्लेरेन्स पनि राम्रो रहेकोले नेपालका सडकमा चढ्न  उपयुक्त मानिन्छ । किनकि यहाँका सडकहरूमा बढी खाल्डाखुल्डी हुने हुनाले ग्राउन्ड क्लेरेन्स कम भएका गाडी चलाउन समस्या हुने गर्दछ । 

नेपाली सडकलाई मध्यनगर गर्दै कम्पनीले यो गाडीमा ग्राउन्ड क्लेरेन्स १६८ एमएम विथ अफर प्याकेज सस्पेन्सन दिएको छ । पोलोले नेपालका लागि भनेर छुट्टै अफर प्याकेज सस्पेन्सन दिएको हो ।

रियर भ्यू मिरर इलेक्ट्रिकल एक्जेस्टेबल साथै साइड इन्डिकेटर पनि समावेश छ । कालान्तरमा गरेर कुनै खराबी नदेखियोस भनेर रफूमा रेजर वेल्डिङ गरिएको छ । 

यसको डोर अन्य गाडीको तुलनामा निकै भारी छ । यसको मुख्य उद्देश्य भनेको  सम्भावित दुर्घटनालाई न्यूनीकरण गर्नु नै हो । त्यस्तै, यो गाडीको तौल पनि निकै धेरै अर्थात् १ हजार १५ केजी छ । अन्य प्रतिस्पर्धी गाडीहरूको तौल जम्मा ८५० देखि ९०० केजीसम्म मात्र हुने गर्दछ । तौल बढी हुँदा तीब्र गतिमा रहेको बेला गाडी भाइब्रेसन हुँदैन र आरामले आफूले चाहेको स्थानमा निश्चिन्त भएर पुग्न सकिन्छ ।

गाडीको रियर प्रोफाइल पनि निकै आकर्षक छ । थ्रिडी टेल ल्याम्प्स, ब्रान्ड लोगो, रेन स्यान्सिङ विपर विथ डिफवर ब्रेक लाइट, रियर भ्यू क्यामेरा यस गाडीका रियर प्रोफाइलका आकर्षक फिचर हुन । पोलो महत्वपूर्ण फिचर मध्यको एक हो– रियर भ्यू क्यामेरा । यसले गाडी ब्याक गर्दा निकै उत्कृष्ट काम गर्छ ।

यो गाडीको युनिक पार्ट भनेको बुट स्पेस हो । २ सय ९४ मिटरको बुट स्पेस छ । साथै ट्रे पनि छ, जसमा आवश्यक सामग्री राख्न सकिन्छ । त्यस्तै, तपाईंका लागि १४ इन्चको स्पेयर ह्विल पनि राखिएको छ । यो खोल्दा Volkswagenको ब्रान्ड लोगोलाई प्रयोग गरेर गर्न सक्नुहुन्छ ।

गाडीमा ४५ लिटरको पेट्रोल ट्यांक छ भने गाडीको फ्रन्ट डोरमा पावर डोर लक समावेश गरिएको छ । डोरमै इलेक्ट्रिकल एक्जेस्टेबल मिरर पनि छ । ड्राइभर साइडको डोरबाटै अन्य डोरलाई नियन्त्रण गर्न सकिन्छ । गाडीमा चारवटा स्पिकर छन । जसलाई उच्चतम सांगीतिक अनुभव लिन प्रयोग गर्न सकिन्छ ।

हाइ एक्जेस्टेबल ड्राइभर साइड सिट, जसलाई आफ्नो आवश्यकताअनुसार प्रयोग गर्न सक्नु हुनेछ । सिट पनि निकै आरामदायी छ । गाडीमा एसी, टच स्क्रिनलगायतका फिचर पनि समावेश छन ।

त्यस्तै, स्टेयरिङ पनि आफूले चाहेअनुसार एक्जेस्ट गर्न सकिन्छ । तलमाथि बाहिरभित्र गरेर यसलाई आफ्नो आवश्यकताअनुसार मिलाउन सकिन्छ । स्टेयरिङसँगै दायाँ भागमा हेडल्याम्प र टर्न कन्ट्रोलर छ भने बायाँ भागमा वाइपर कन्ट्रोलर। रहेको छ । एमआईड स्किन, त्यसबाट इन्धनको अवस्था यान्त्रिक गति, यान्त्रिक चेतावनीलगायतका कुरा हेर्न सकिन्छ ।

कम्पनीले सम्भावित दुर्घटनालाई न्यूनीकरण गर्न डबल एयरब्याग पनि दिएको छ । अर्को रोचक कुरा भनेको गाडीभित्र शान्त वातावरण महसूस गर्न सकिन्छ । बाहिरको कोलाहलपूर्ण आवाज भित्र पस्न पाउँदैन । इन्जिनको अनावश्यक कर्कस आवाज सुन्ने झन्झट पनि हुँदैन ।

इन्जिनको कुरा गर्दा गाडीमा थ्री सिलिन्डरको इन्जिन छ । यसले उच्चतम शक्ति प्रदान गर्दै तपाईंलाई सुरक्षित तरिकाले गन्तव्यमा पुर्याउन मद्दत गर्छ । 

कम्पनीले उच्चतम सुविधा र फिचरका साथ नेपाली बजारमा ल्याएको गाडीको मूल्य पनि नेपालका शोभनीय छ । कम्पनीले पोलो कम्फर्ट लाइन् १.० लाई नेपाली बजारमा ३१ लाख ४५ हजारमा उपलब्ध रहेको छ । यति नै सुविधा भएको अन्य प्रतिस्पर्धी गाडीहरूको तुलनामा यो मूल्य निकै कम मान्न सकिन्छ । गाडी नेपालका लागि Volkswagenको गाडीको आधिकारिक विक्रेता पूजा इन्टरनेशनलले बिक्री गरिरहेको छ ।