समाचार मनोरञ्जन मोडेल वाच

रोमानियामा प्रकाश सपुतमाथि आक्रमण, वियरको वोतलले लागेर निधार फुट्यो

रोमानियामा प्रकाश सपुतमाथि आक्रमण, वियरको वोतलले लागेर निधार फुट्यो

रोमानियामा रहेका गायक प्रकाश सपुत माथि आक्रमण भएको छ। गीत गाइरहेका बेला स्टेजमै उनको टोउकोमा बोतल प्रहार भएको हो। 

गायक सपुत सांगीतिक कार्यक्रमका लागि केही दिनदेखि रोमानियामा छन्। नेपाली समयानुसार आइतबार राति १२ बजे स्टेजमा गीत गाइरहेका बेला सपुतको टाउकामा ताकेर दर्शकले बियरको बोतल प्रहार गरेको जनाईएको छ।

सपुतको निधारमा सामान्य चोट मात्र लागेको बताइएको छ। सपुतलाई स्टेजमै बियरको बोतलले हानिएको भिडिओ सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।

प्रकाश सपुत

विशेष