समाचार अर्थ बैंकिङ

नबिल बैंकले ३ अर्बको ‘नबिल डिबेन्चर २०८७’ निष्कासन गर्ने

नबिल बैंकले ३ अर्बको ‘नबिल डिबेन्चर २०८७’ निष्कासन गर्ने

नबिल बैंक लिमिटेडले तीन अर्ब रुपैयाँ बराबरको ऋणपत्र ‘नबिल डिबेन्चर २०८७’ निष्कासन गर्न नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाएको छ। गर्ने भएको छ।

डिबेन्चर निष्कासनको लागि बैंक सञ्चालक समितिबाट निर्णय भइ राष्ट्र बैंकबाट पनि स्वीकृति पाएको वैंकले जनाएको छ। ऋण पत्र निष्कासनको लागि बैंकले डिवेन्चर बिक्री प्रबन्धकको रूपमा कुमारी क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ।

मंगलबार बैंकको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रमकाबीच दुई पक्षले समझदारी गरेका हुन्। समझदारी पत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगाना र कुमारी क्यापिटलका तर्फबाट कामु प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गरेका छन्।

नेपाल धितो पत्र बोर्ड, कम्पनी रजिस्टारको कार्यालय लगायतका सम्पूर्ण नियामक निकायको स्वीकृति पश्चात् ऋण पत्र निष्कासन गरिने बैंकले जनाएको छ। पुँजीगत आधार थप सबल भई व्यापार वृद्धि तथा जोखिम व्यवस्थापनमा डिवेन्चर निष्कासनले सहयोग पुर्याउने विश्वास गरिएको छ।

नबिल बैंकले हाल देशका सात वटै प्रदेशमा रहेका २५५ शाखा कार्यालयहरू र १८ विस्तारित शाखा कार्यालयहरू मार्फत सेवा उपलब्ध गराउँदै आएको छ। 

नबिल बै‌‌क

विशेष