समाचार

रवि लामिछानेलाई फेरी पार्टी सभापतिको जिम्मेवारी

रवि लामिछानेलाई फेरी पार्टी सभापतिको जिम्मेवारी

राष्ट्रिय स्वतन्त्र पार्टीले रवि लामिछानेलाई पुनः सभापतिको जिम्मेवारी दिएको छ ।

आइतबार बसेको रास्वपाको केन्द्रीय समितिको बैठकले उनलाई पुनः सभापतिको जिम्मेवारी दिएको हो। लामिछानेले नेपाली नागरिकताको प्रमाणपत्र लिएपछि पार्टीको वैठक वसेको थियो।

उनले आइतबार नै जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पुगेर नेपाली नागरिकताको प्रमाणपत्र लिएका थिए ।

अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता लिने प्रक्रिया पूरा नगरेको भन्दै शुक्रबार सर्वोच्च अदालतले उनको पुरानो नागरिक्ता खारेज गरेको थियो। योसँगै उनी मन्त्री, सांसद, संसदिय दलको नेता र पार्टी सभापतिबाट पदमुक्त भएका थिए।
 

विशेष