समाचार कर्पोरेट

‘भिसा डाईरेक्ट’ मार्फत १ सयभन्दा बढि देशबाट एनआईसीको खातामा यसरी पठाउनुहोस पैसा

‘भिसा डाईरेक्ट’ मार्फत १ सयभन्दा बढि देशबाट एनआईसीको खातामा यसरी पठाउनुहोस पैसा

एनआईसी एशिया बैंकले बैंकको खातामा विश्वका विभिन्न देशहरूबाट भिसा डाईरेक्ट योजना मार्फत सोझै रकम पठाउन सकिने सेवा सुरु गरेको छ।

बैंकले भिसा इन्टरनेशनलसँग सहकार्य गरी आफ्ना ग्राहकहरुलाई यो सुविधा प्रदान गरेको हो। भिसा डाईरेक्ट मार्फत अमेरिका, बेलायत, क्यानडा, युरोप, अष्ट्रेलिया, संयुक्त अरब इमिरेट्स, कतार, साउदी अरब जस्ता विश्वका १ सयभन्दा बढी देशहरूबाट पठाइएको रकम तुरुन्तै आफ्नो खातामा प्राप्त गर्न सकिने छ।

विश्वका कुनै पनि भिसा डाईरेक्ट प्लेटफर्ममार्फत रकम पठाउँदा एनआईसी एशिया बैंकले जारी गरेको भिसा कार्डसँग लिंक गरिएको खातामा उक्त रकम जम्मा गर्न सकिनेछ । त्यसका लागि रकम पठाउने ब्यक्तिले मोबाइल÷इन्टरनेट बैंकिङ्ग वा भिसा कार्ड तथा रेमिटेन्स कम्पनीहरूमार्फत बैंकले जारी गरेको १६ अंकको भिसा कार्ड नम्बरको प्रयोग गरी त्यसमा लिंक भएको खातामा सोझै रकम पठाउन सक्ने छ।

विदेशमा रहेर आफ्ना परिवार तथा आफन्तलाई तुरुन्त पैसा पठाउने ग्राहकको चाहनालाई मध्यनजर गरी यो सेवाले रेमिटेन्स सम्प्रेषणलाई सहज बनाउने विश्वास बैंकले लिएको छ ।

एनआइसी मुलुकभर रहेका ३५९ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०२ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन पुगेको छ ।