समाचार कर्पोरेट

नर्भिकका संरचना हटाउन बालेन्द्रको निर्देशन, अव लक्ष्मी बैंकको पालो ?

नर्भिकका संरचना हटाउन बालेन्द्रको निर्देशन, अव लक्ष्मी बैंकको पालो ?

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले थापाथलीस्थित सरकारी जग्गामा नर्भिक अस्पतालले बनाएका टहरा हटाउन निर्देशन दिएका छन् । नर्भिक अस्पतालले लिजमा लिएको एक रोपनी ८ आना जग्गाको पश्चिमतर्फ सम्झौता विपरीत र नक्सा पास नगरी घर टहरा बनाएको भन्दै ती संरचना २४ घण्टाभित्र हटाउन मेयर साहले निर्देशन दिएका हुन् ।

मेयर साहको निर्देशन अनुसार घर टहरा हटाउन र नहटाए नियम अनुसार कारबाही गर्ने सूचना काठमाडौं महानगरपालिकाको शहरी व्यवस्थापन विभागका प्रमुख सुरज शाक्यले जारी गरेका छन् ।

तर, हात्तिसारमा टुकुचा खोला नै मिचेर लक्ष्मी बैंकले बनाएको आलिसान वङ्लामा भने मेयर साहको ध्यान पुगेको छैन। लक्ष्मी बैंकले टुकुचा खोलामाथि भवन वनाएर विभिन्न ब्यापारिक प्रतिष्ठानलाई समेत भाडामा राखेको छ। सार्वजनिक सम्पत्ति हडपेर लक्ष्मी बैंकले करोडौ रुपैयाँ भाडा मात्रै असुलीरहेको जानकारहरु वताउँछन् । 

लक्ष्मी वैंकमात्रै होईन, यस क्षेत्रमा झन्डै १० रोपनी खोलाको जग्गा व्यक्तिको नाममा दर्ता भएको छ । काठमाण्डौंको बाँसबारी–चन्डोलबाट नारायणहिटी–कमलादी हुँदै बागमतीतर्फ बग्ने टुकुचा खोलाको करिब पाँच सय मिटर खण्ड नक्साबाटै गायब छ। खोलामाथि ६ तलेभन्दा अग्ला भवन बनेका छन । यहाँ ब्यापारिक भवनदेखि बैंक, रेष्टुरेन्ट लगायतका संरचना वनाईएको छ ।

कुनै बेला इच्छुमतिको नामले चिनिने टुकुचा बूढानीलकण्ठबाट सुरु भएर बालुवाटार, हात्तीसार, प्रदर्शनी मार्गहुँदै थापाथली नजिक बागमतीमा गएर मिसिएको छ । टुकुचा, कुनै समय ठूलै खोला थियो। तर अहिले दुब्लाएको मात्रै छैन, बालुवाटार, गैह्रीधारा, हात्तिसारक्षेत्रमा टुकुचा खोला वेपत्ता भएको छ। 

मुख्यतः गैह्रीधारादेखि कमलादीसम्म पुग्दा टुकुचा खोलाको अस्तित्व करिब करिब सकिएको छ । काठमाण्डौं प्लाजादेखि जयनेपाल हलसम्मको करिब पाँच सय मिटर टुकुचा खोला नापी नक्सामा छैन। यो क्षेत्रमा खोला बग्ने ठाउँ ६० भन्दा धेरै कित्तामा विभाजन गरी व्यक्तिका नाममा दर्ता गरिएको छ ।

 

यस क्षेत्रमा अहिले सरकारी दरमै प्रतिआना जग्गाको भाउ एक करोडभन्दा वढि पर्छ । यस आधारमा टुकुचाको एक अर्ब ६० करोड रुपैयाँभन्दा वढिको जग्गा व्यक्तिको नाममा दर्ता भएको छ । काठमाण्डौं महानगरपालिकाले लक्ष्मी वैंकलगायतलाई खोलामाथि घर नवनाउन रोकेको पनि थियो। तर, वैंकले टेरपुछर नलाएपछि अहिले त्यहाँ खोलामाथि नै घर वनाईएका छन् । भवन वनिसकेपछि पनि महानगरले भत्काउन भनेको थियो। जानकारी अनुसार पुर्वमेयर बिद्यासुन्दर शाक्यले खोलामाथि वनेका भवन भत्काउने निर्णय पनि गराएका छन् । तर, उनको यो सह्रानिय निर्णयलाई बालेन्द्रले कार्यान्वयनमा ल्याएका छैनन् ।

काठमाण्डौंलाई मौलिक रुपमा विकास गर्ने एजेण्डा बोकेर चुनाव जितेका बालेन्द्र खोलामाथि वनेका भवन भत्काउन किन पहल गरिरहेका छैनन् भन्ने विषय अहिले चौतर्फी चासोको विषय भएको जानकारहर वताउँछन् ।
यो पनि,

लक्ष्मी बैँक बालेन्द्र साह