समाचार मनोरञ्जन मोडेल वाच

दिपीका पादुकोणले झण्डै आत्महत्या गरेको खुलासा

दिपीका पादुकोणले झण्डै आत्महत्या गरेको खुलासा

वलिउडकी चर्चित अभिनेत्री दिपीका पादुकोणले डिप्रेसनका कारण आफुले झण्डै आत्महत्या गरेको खुलासा गरेकी छिन् । भारतीय मिडिया दैनिक भास्करसँग कुरा गर्दै उनले यस्तो खुलासा गरेका हुन।

एक अन्तरवार्तामा उनले वताए अनुसार केही वर्ष पहिले उनी डिप्रेसनसँग जुधिरहेकी थिईन। जतिवेला उनलाई आत्महत्या गर्न मन लाग्थ्यो। यो समस्याबाट आफुलाई आमाले वाहिर निकालेको उनले वताएकी छिन् ।

दीपिका भन्छिन्–‘ म विना कारण तनावमा हुन्थे। यस्ता धेरै दिन थिए, जहिले म जागा रहनु भन्दा सुत्न र निदाउन चाहान्थे। किनकी सुत्नु भनेको मानिससँग लुक्ने एउटा तरिका थियो। त्यहि समयमा आत्महत्या गर्ने सोच पनि आउँथ्यो।’

आफु डिप्रेसनका कारण भित्रैदेखि कमजोर हुँदा पनि परिवार समक्ष भने आफेले मजवुत भएको कोशीस गरिरहेको उनले वताईन। उनी भन्छिन्–‘मेरो अभिावक बैंगलोरमा वस्नु हुन्थ्यो। जहिले जहिले वहाँहरु मसँग भेट्न आउनु हुन्थ्यो, त्यसवेला म आफुलाई भित्रै देखि मजबूत देखाउँथे। तर, एक दिन जब मेरा अभिभावक मलाई भेटेर बैंगलोर जाँदै हुनुहुन्थ्यो, त्यस वेला म अचानक रुन थाले।’

यो देख्ने वित्तिकै आमाले डिप्रेशनको समस्या भएको वुझेर आफुलाई त्यसबाट वाहिर निस्कन सहयोग गरेको उनले वताएकी छिन। ‘आमाले मेरो बारेमा सवै कुरा सोध्नु भयो। समस्या देखि ब्वाईफ्रेण्डसम्मका सवै विषयमा वुझन खोज्नु भयो। तर मैले त्यसको केही जवाफ दिन सकिन। किनकी यस्तो केही थिएन’ उनले भनेकी छिन्–‘मलाई खाली एक्लोपनले सताएको थियो।’

‘त्यसपछि आफु डिप्रेशनमा भएको आमाले थाहा पाईहाल्नु भयो’ भन्दै उनले भनेकी छिन्–‘यसको पुरै क्रेडिट म आमालाई दिन्छु।’

दीपिकाले सन २०१५ मा आफु डिप्रेसनमा रहेको खुलासा गरेकी थिईन। त्यसपछि उनले २०१८ मा रणवीर सिंहसँग विवाह गरिन। 
 

दिपीका पादुकोण