कला साहित्य

दाई,

पराजुली चन्दा

दाई,

एकाएक तिमी भौतिक रुपमा टाढियौ
यादले यदि केही हुन्थ्यो भने
म अलापिएर तिम्रो खोजीमा टोलाईरहदा
न तिमीलाई चिच्याएर बोलाउन सक्छु
न त गुमनाम भएर सुटुक्क त्यहाँ आउन सक्छु
साह्रै मन दुखेको वेला
बाबा आमाका निर्दोस आँखामा छचल्किएका
आँशुका वाढी देख्छु
अनि उभ्याउँछु अफुलाई तिम्रो स्थानमा
मुस्किलले सम्हालिन्छु आफ्नै खुसी वेचेर
मन रित्तो भएको वेला
कितावको भारीले थिचेको खवर
दौडिएर तिमिलाई सुनाउन मन थियो
यसपाली गाउँमा जाँदा
तिमीले टिपेर दिएको ऐसेलु र काफल सम्झे
पल्लाघरका सानेले नसोध्दै मन अघायो
तिमीसँग दुःखको कर्णाली विसाउने रहर
विछोडको पीडामा आँखा समुद्र वनाई दियौ
तिमीलाई थाहा छ के कुरिरहेछन यी आँखाहरु
तिम्रो सपना अनि पदचापहरु
क्यानभासमा उभिएर एकनासले
तिम्रो तस्वीर हेर्छु, उजाड भित्तोमा तिमी
मलाई हेर्दै मुस्कुराईरहेछौ
हो तिम्रो वहिनी
वैंसमा नै मारिए पनि आशा र आकांक्षाहरु
भयंकर समवेदना बोकेर
पुतली झै नौरङ्गी सपनाहरु बोकेर
तिम्रो कर्तब्य र भुमीकालाई न्याय गर्न
यतिवेला
विश्वविद्यालयमा झोला बोकेर हिडेकी छे
तिमी त्यसैगरी आशिर्वाद दिईरहनु
बधाईका धापहरु दिईरहनु
एक दिन तिम्रै लागि सोधपत्रमा
जिन्दगीको अभिलेख कोरेर
सार्थक इतिहाँसको समर्पण हुनेछ।

 

पराजुली चन्दा

विशेष

ADVERTISEMENT