समाचार कभर स्टोरी

नक्सा पास नगरेरै बनाइएका दुइ गगनचुम्बी भवन भत्काइँदै

नक्सा पास नगरेरै बनाइएका दुइ गगनचुम्बी भवन भत्काइँदै

भारतको नयाँ दिल्लीमा नजिकै आचारसंहिता विपरित बनेका निर्माण गरिएका दुई वटा गगनचुम्बी भवन आइतबार दिउँसो बम विष्फोट गराएर भत्काइने भएको छ ।

निजी कम्पनी सुपरटेकले आचारसंहित विपरित गगनचुम्बी टावर बनाएको भन्दै भारतको सर्वोच्च अदालतले यी टावर ढाल्न आदेश दिएकाले सरकारले आइतबार दिउँसो साढे २ बजे टावर भत्काउने तयारी गरेको हो । एपेक्स र सियान नाम गरेका ४०–४० तले यी भवन बिग ब्लास्टबाट १० सेकेण्डभित्र भत्काइने भएको छ ।

टावर भत्काउन भवनहरुभित्र ३ हजार ७ सय किलो विष्फोटक पदार्थ जडान गरिएको छ । टावर ढाल्ने कामका लागि तीन देशका इञ्जिनियरहरु खटिएका छन् । साढे ७ लाख बर्गफिटको क्षेत्रफल ओगटेका यी टावरभित्र ९ सय वटा फ्ल्याट रहेका छन् । टावर भत्काउनका लागि आइतबार नोएडाको सेक्टर ९३ क्षेत्रका ७ हजार स्थानीयलाई अन्यत्र सारिएको छ । साथै निजी घरहरु खाली गराइएको छ ।

त्यस क्षेत्रमा जाने सवारी साधनहरुलाई बिहान सात बजेदेखि रोकिएको छ । दिउँसोका लागि वायु सेना र विमानस्थललाई पनि पूर्वसतर्कता अपनाउन भनिएको छ । ३ अर्बको लगानीमा साढे ३ वर्ष लगाएर निर्माण गरिएका सोही टावर भत्काउन २० करोड खर्च हुने छ ।

भत्काउन लाग्ने उक्त खर्च पनि निर्माण कम्पनीबाटै असुल्न पनि सर्वोच्च अदालतले आदेश दिएको छ । यी टावरको अहिलेको बजार भाउ १० अर्ब भारु पुगेको छ । ११–११ तलाका १६ वटा टावर बनाउने अनुमति लिएको कम्पनीले नक्सा पास बिना नै ४० तले टावर बनाएपछि सर्वोच्च अदालतमा मुद्दा परेको थियो ।

विशेष