समाचार

रुकुम पुर्वमा प्रहरीको गाडी दुर्घटनाः २ डिएसपीसहित ६ जना घाईते, १ जना गम्भिर

रुकुम पुर्वमा प्रहरीको गाडी दुर्घटनाः २ डिएसपीसहित ६ जना घाईते, १ जना गम्भिर

रुकुम पुर्वमा प्रहरीको गाडी दुर्घटना हुँदा २ डिएसपीसहित ६ जना घाईते भएका छन् । जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वको लु१झ ६६० नम्बरको भ्यान पुथाउत्तरगंगा गाउँपालिका–११, तल्लोसेरा नजिकै दुर्घटनामा परेको हो।

दुर्घटनामा परी जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी प्रकाश डाँगी, सशस्त्र प्रहरीका डिएसपी रवीन्द्र श्रेष्ठसहित ६ जना सुरक्षाकर्मी घाइते भएको प्रहरीले जनाएको छ। अनुगमनका लागि सिडिओसहितको टोली तकसेरा जाने क्रममा भ्यान दुर्घटनामा परेको जनाईएको छ।

घाइतेमध्ये प्रहरी जवान प्रहरी लक्ष्मण बुढा गम्भीर घाइते भएका छन् । घाइले प्रहरी जवानलाई थप उपचारका लागि अस्पतालसम्म पुर्याउन नेपाली सेनाको हेलिकप्टर पठाउन गृहमन्त्री बालकृष्ण खाणले सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।

गृह मन्त्रालयको शान्ति सुरक्षा महाशाखाले जानकारी गराएपछि नेपाली सेनाको सुर्खेतमा रहेको हेलिकप्टर उद्धारका लागि घटनास्थलमा पुग्दै गरेको सिडिओ तुलाराज सुनुवारले बताए। प्रहरीको भ्यान सडकबाट करिब ८० मिटर तल खसेको थियो। दुर्घटनाको कारण खुलेको छैन।
 

दुर्घटना