समाचार

अर्थमा जनार्दनकै निरन्तरता– देउवा र प्रचण्डको कुरा मिल्यो, आजै सपथ

अर्थमा जनार्दनकै निरन्तरता– देउवा र प्रचण्डको कुरा मिल्यो, आजै सपथ

नेकपा माओवादीले जनार्दन शर्मालाई पुनः अर्थमन्त्रीमा पठाउने भएको छ। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आज बिहान प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर शर्मालाई नै अर्थमन्त्री नियुक्त गर्न सिफारिस गरेका छन् ।

उनलाई आजै शपथ ग्रहण गराउने तयारी छ । आर्थिक वर्ष २०७९÷८० को बजेट निर्माणको क्रममा ब्यापारीका खेताला प्रयोग गरेर करको दर हेरफेर गरेको आरोप लागेपछि शर्माले असार २२ गते पदबाट राजिनामा दिएका थिए। आरोपबारे छानबिन गर्न बनेको संसदीय विशेष समितिले शुक्रबार बजेट निर्माणको क्रममा अर्थ मन्त्रालयमा अनधिकृत व्यक्ति प्रवेश गरेको नदेखिएको प्रतिवेदन बुझाएको थियो ।

संसदीय छानविन विशेष समितिले बजेटमा करको दर हेरफेरमा तत्कालीन अर्थमन्त्री जनार्दन शर्माको संलग्नता पुष्टि हुन नसकेको प्रतिवेदन बुझाएकाले माओवादीले फेरि शर्मालाई नै अर्थमन्त्रीको रुपमा पठाउने भएको हो। 

संसदीय छानविन विशेष समितिले १७ दिन लगाएर तयार पारेको प्रतिवेदनमा करको दर हेरफेर प्रकरणमा अनधिकृत व्यक्तिको संलग्नता पुष्टि नभएको निष्कर्ष छ । 

गत असार २२ गते संसद भवन परिसरमा पत्रकारहरुसँग कुरा गर्दै माओवादी नेता वर्षमान पुनले, शर्मा दोषी नदेखिए उनी नै पुनः अर्थमन्त्री बन्ने बताएका थिए ।

यो पनि,

जनार्दन शर्मा संसदीय समिति

विशेष