समाचार अर्थ

संसदीय समितिले जनार्दनलाई ‘क्लिन चिट’ दिएपछि अर्थका कर्मचारीमा खैलावैला

संसदीय समितिले जनार्दनलाई ‘क्लिन चिट’ दिएपछि अर्थका कर्मचारीमा खैलावैला

पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन विशेष समितिले छानविनका क्रममा अनाधिकृत ब्यक्ति अर्थमन्त्रालयमा प्रवेश नगरेको प्रतिवेदन वुझाएपछि अर्थमन्त्रालयमा खैलावैला मच्चिएको छ।

मन्त्री पदबाट राजिनामा दिदै गर्दा मन्त्रालयमै पत्रकार सम्मेलन गरेर आफुमाथि लागेको आरोपको खण्डन गर्ने तयारीमा रहेका शर्माले कर्मचारीको असहयोगका कारण प्रतिनिधि सभामा गएर राजिनामा घोषणा गर्नु परेको थियो। कर्मचारीहरुले विभिन्न वहाना वनाएर आफनो सफाईका लागि पत्रकार सम्मेलन गर्ने योजनामा शर्मालाई कर्मचारीले नै साथ दिएका थिएनन्।

संसदीय समितिको प्रतिवेदनले शर्मालाई ‘क्लिन चिट’ पाएपछि पुनः मन्त्रालयमा दोहोरिने चर्चाले कर्मचारी वृत्तमा खैलावैला मच्चिएको छ। अप्ठ्यारो अवस्थामा सहयोग नपाएका शर्माले मन्त्रालयमा पुन दोहोरिएर आउँदा उनको मातहतमा रहेर कसरी काम गर्ने वा कामै नगर्ने भन्नेमा कर्मचारीहरु अन्यौलमा छन् ।

तत्कालिन मन्त्री शर्मा विवादमा परेपछि अर्थसचिव मधुकुमार मरासिनी श्रीमती बिरामी भएको बहानामा बिदा बसेका थिए। राजस्व सचिव कृष्णहरी पुस्कर अष्ट्रिया भ्रमणमा गएका थिए भने सिनियर सहसचिव केदारनाथ शर्मा बिदामा थिए। सिनिअर सहसचिव भुपाल बराल पनि स्वास्थ्यको कारण देखाउँदै मोबाइल स्विच अफ गरेर बसे। 

पत्रकार सम्मेलन गर्नका लागि अर्थ मन्त्रालयका कर्मचारीले नै अहसोग गरेको महसुस गरी शर्माले प्रतिनिधि सभामा सभामुखसँग समय माग्दै आफ्नो राजीनामा घोषणा गरेका थिए। जनार्दन शर्मा मन्त्रीबाट नहटे अर्थ मन्त्रालय नै नबस्ने बताएका कर्मचारी अहिले समस्यामा परेको जनाईएको छ। तर, प्रधानमन्त्रीको आदेश भन्दै उनीहरु तत्कालन भने मन्त्रालयमा बस्ने निष्कर्षमा पुगेका छन्। शर्मा मन्त्री भएर फर्किएर आएपनि कर्मचारीलाई तत्काल नहटाउने संकेत पाएका कारण पनि उनीहरु मन्त्रालयमा नै बस्ने निष्कर्षमा पुगेका हुन्। 

बजेट निर्माणमा खटिएका आर्थिक विश्लेषण महाशाखा प्रमुख महेश आचार्य बागमती प्रदेशका अर्थसचिव भएर गएका छन्। उनको स्थानमा सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रका तालिम प्रमुख एवं मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा समन्वय महाशाखा प्रमुख समेत रहेका राजेश्वर ज्ञवाली जाने निश्चित भएको छ। तालिम केन्द्रमा प्रदेशको अर्थिक मामिला तथा योजना मन्त्रालय भर्खरै अर्थ मन्त्रालय आएका सुमन दाहाल जाने भएका छन्। 

यता, जनार्दन शर्मा फर्किएमा अर्थसचिव मधुकुमार मरासिनी, राजस्व सचिव कृष्णहरी पुष्कर, सहसचिव भुपाल बराल र बजेट तथा कार्यक्रम महाशाखा प्रमुख चक्रबहादुर बुढाले अर्थ मन्त्रालय छोड्ने मनस्थिति बनाएको पनि चर्चा छ।

शर्मा मन्त्रीको रुपमा नफर्किए अर्थसचिवमा राष्ट्रिय योजना आयोगका सदस्य–सचिव केवलकिरण भण्डारी, सञ्चार सचिव बैकुण्ठ अर्याल र प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा रहेका रामप्रसाद घिमिरेको चर्चा थियो। तर, शर्मासँग भण्डारी र अर्याल काम गर्न इच्छुक देखिएका छैनन्। त्यसैले मरासिनी नै अर्थसचिवको रुपमा थप केही समय काम गर्नु पर्ने बाध्यता रहेको मन्त्रालय श्रोतले जनाएको छ। 

यो पनि,

जनार्दन शर्मा संसदीय समिति
ADVERTISEMENT