समाचार

जनार्दन प्रकरणः प्रहरीले समितिलाई वुझायो सीसीटीभी फुटेजको रिपोर्ट

जनार्दन प्रकरणः प्रहरीले समितिलाई वुझायो सीसीटीभी फुटेजको रिपोर्ट

पूर्वअर्थमन्त्री जनार्दन शर्माले विचौलिया प्रयोग गरेर वजेटमा अनाधिकृत छेडछाड गरेको विषयमा छानविन गरिरहेको संसदिय विशेस समितिले सीसीटीभी फुटेजबारेको रिपोर्ट हात पारेको छ।

नेपाल प्रहरीको केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालाले बजेट घोषणाको अघिल्लो दिन जेठ १४ गतेको अर्थमन्त्रालयको सीसीटीभी फुटेजको रिपोर्ट समितिलाई दिएको हो । प्रयोगशालाले सोमबार समितिलाई रिपोर्ट दिएको हो ।

समितिले अर्थ मन्त्रालयबाट सीसीटीभी फुटेज मागे पनि जेठ १४ को फुटेज नपाएपछि ‘रिकभर’का लागि प्रहरीको फरेन्सिक ल्याब पठाएको थियो । प्रहरीले सिलबन्दी गरेर वुझाएको रिपोर्ट मंगलबार बिहान समितिको बैठकमा खोलिनेछ ।

बजेट निर्माणमा करको दर हेरफेर गर्न अर्थमन्त्रालयमा अनधिकृत व्यक्ति प्रवेश गराएको विषयमा समितिले छानविन गरिरहेको छ। मन्त्रीसहित करिव १ दर्जन ब्यक्तिसँग बयान लिँदा पनि समितिले हालसम्म कुनै प्रमाण फेला पार्न सकेको छैन । समितिमा छानविनको प्रकृयाका विषयमा पनि विवाद छ।

कतिपयले तत्कालीन अर्थमन्त्री शर्माको कल डिटेल हेर्ने प्रश्ताव गरेका छन् भने कतिपयले नहेर्ने भन्दै विवाद उत्पन्न गरेका छन् । एमालेका सांसदहरूले वैज्ञानिक प्रमाणका रूपमा मोबाइलको कल डिटेललाई समेत आधार मान्नुपर्ने अडान राखेका छन् भने सत्तारूढ दलका सदस्यहरू व्यक्तिको गोपनीयताको हक हनन हुने भन्दै त्यतातिर जान नहुने तर्क गरिरहेका छन ।

प्रहरीले दिएको रिपोर्टबाट अनाधिकृत व्यक्ति प्रवेश गरेर वजेट चलाएको विषय पुष्टि नभए अवको  बैठकमा कल डिटेल र लोकेसन ट्रयाकिङको विषयलाई एमाले सांसदहरूले अगाडि वढाउने प्रस्ताव ल्याउन सक्ने जनाईएको छ।

सीमित व्यापारीलाई फाइदा पुग्ने गरी करका दर निर्धारण गरेको आरोप तत्कालीन अर्थमन्त्री जर्नादन शर्मामाथि लागेपछि प्रतिनिधिसभाले असार २२ गते छानबिनका विशेष समिति गठन गरेको थियो। सोही दिन शर्माले पदबाट राजिनामा दिएका थिए । हो । समय थप गरेर साउन १२ गतेसम्मको म्याद पाएको समितिले असार २८ गते काम सुरु गरेको थियो । 

यो पनि,

जनार्दन शर्मा संसदीय समिति

विशेष