समाचार अर्थ कर्पोरेट

१५० सिसीमाथिका मोटरसाईकल र  ३ सय डलर माथिका मोबाइल आयातमा प्रतिबन्ध 

१५० सिसीमाथिका मोटरसाईकल र  ३ सय डलर माथिका मोबाइल आयातमा प्रतिबन्ध 

सरकारले आजदेखि १५० सिसी भन्दा बढी क्षमताका मोटरसाइल आयातमा प्रतिवन्ध लागेको छ। आइतबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गरेर वैशाखमा लगाइएको प्रतिबन्धलाई भदौ १४ गतेसम्मका लागि निरन्तरता दिएको हो ।

यसअघि वैशाख १४ गतेदेखि लगाइएको प्रतिबन्ध असार मसान्तसम्म तोकिएको थियो। यसअघि २५० सीसीसम्मका मोटरसाइकल आयात गर्न दिइएको भए पनि नयाँ राजपत्रअनुसार अब १५० सीसीभन्दा माथिका मोटरसाइकल र ३०० सय डलरभन्दा माथिका मोबाइल आयात प्रतिबन्ध थप गरिएको छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा वैशाख १३ गतेदेखि आयातमा लगाएको प्रतिबन्धलाई परिमार्जन गरेर १५० सिसी भन्दा बढी क्षमताका मोटरसाइल आयातामा प्रवितन्ध लगाएको हो।

मोटरसाईकल आयातमा सरकारले भदौं १४ गतेसम्म थप कडाई गरेको हो। पेट्रोलियम पदार्थबाट चल्ने जीप, कार, भ्यानमा लगाएको प्रतिबन्धलाई पनि निरन्तरता दिईएको छ। गाडीको साथै सबै किसिमका कुकुरे, कुर्मुरे जस्ता खाध्य बस्तु, ३२ इन्च माथिका टेलिभिजन, चुरोट तथा सूर्तिजन्य उत्पादन, सबै किसिमका तयारी मदिरा, हिरा, ३०० डलर माथिका मोवाइल फोन, तास र सबै प्रकारका खेलौना आयातमा प्रतिबन्ध लगाएको छ।

आर्थिक वर्ष ०७८/७९ को ११ महिनामा मात्र यी वस्तुको खरिदमा ६५ अर्ब १८ करोड रुपैयाँभन्दा बढी बाहिरिएको भन्सार विभागको तथ्यांक छ । पछिल्लो समय विदेशी मुद्रा निरन्तर घट्दै गएपछि सरकारले यी वस्तुको आयातमा रोक लगाउने निर्णय गरेको थियो ।

नेपाल राष्ट्र बैंकका अनुसार गत जेठ मसान्तसम्ममा नेपालको कुल विदेशी मुद्रा सञ्चिति ११ खर्ब ७६ अर्ब ८४ करोड रुपैयाँमा खुम्चिएको छ । जब कि ०७८ असार मसान्तसम्ममा नेपालको विदेशी मुद्रा सञ्चिति करिब १४ खर्ब रुपैयाँ बराबर थियो ।

यी हुन् आयातमा पूर्ण रोक लगाइएका १० वस्तु

· कुरकुरे, कुरमुरे, लेज र यस्तै उत्पादनहरु

· सबै प्रकारका मदिरा (औद्योगिक कच्चा पदार्थ बाहेक)

· चुरोट तथा सूर्तीजन्यवस्तु (औद्योगिक कच्चा पदार्थ बाहेक)

· हिरा (औद्योगिक कच्चा पदार्थ बाहेक)

· ३ सय डलरभन्दा बढी मूल्यका मोबाइल

· ३२ इन्चभन्दा माथिका टेलिभिजन सेट

· जीप, कार र भ्यान

· १५० सीसीभन्दा माथिका मोटरसाइकल

· सबै प्रकारका खेलौनाहरु

· खेल्ने तास

ADVERTISEMENT