विदेश

इन्धनको मूल्यवृद्धि भएको भन्दै पूर्वप्रधानमन्त्रीद्वारा पाकिस्तान सरकारको आलोचना, भारतको प्रशंसा

इन्धनको मूल्यवृद्धि भएको भन्दै पूर्वप्रधानमन्त्रीद्वारा पाकिस्तान सरकारको आलोचना, भारतको प्रशंसा

 

इस्लामावाद । भारतको नाम लिँदै पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानले पाकिस्तानी प्रधानमन्त्री शेहबाज शरीफ सरकारको आलोचना गरेका छन्। पाकिस्तानको संघीय सरकारले पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर ३० रुपैयाँले बढाएको छ। 

सरकारको आलोचना गर्दै पूर्वप्रधानमन्त्री खानले पाकिस्तान तहरीक-ए-इन्साफ (पीटीआई) पार्टीको आफ्नो नेतृत्वको 'संवेदनशील सरकारले'  ले रूससँग ३० प्रतिशत सस्तो तेलको लागि गरेको सम्झौतालाई कार्यान्वयन नगरेको आरोपसमेत लगाएका छन्। 

उनले भारतको प्रशंसा गर्दै अमेरिकाको रणनीतिक सहयोगीले रुसबाट सस्तो तेल खरिद गरेर इन्धनको मूल्य प्रतिलिटर २५ रुपैयाँ घटाएको बताए। पेट्रोल र डिजेलको मूल्यमा प्रतिलिटर २० रुपैयाँ बढाएर विदेशी मालिकसामु आयातित सरकारको मातहतको मूल्य तिर्न थालेकोले इतिहासकै सबैभन्दा ठूलो मूल्यवृद्धि भएको बताएका छन्। असक्षम र असंवेदनशील सरकारले रुससँगको सम्झौतालाई अघि बढाएको छैन,’ इमरान खानले ट्वीटमा भनेका छन् ।

'यसको विपरित, अमेरिकाको रणनीतिक सहयोगी भारतले रुसबाट सस्तो तेल खरिद गरेर इन्धनको मूल्य प्रतिलिटर २५ रुपैयाँले घटाउन सफल भएको छ। अब हाम्रो राष्ट्रले अमेरिकाको हातबाट अर्को ठूलो मुद्रास्फीति भोग्नेछ,' उनले अर्को ट्वीटमा भने ।

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) कार्यक्रमको पुनरुत्थान सुनिश्चित गर्न यो निर्णय गरिएको भन्दै पाकिस्तानले बिहीबार पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर ३० रुपैयाँ बढाएको छ। पेट्रोलको मूल्य १७९.८६ रुपैयाँ, डिजेल १७४.१५ रुपैयाँ, मट्टितेलको १५५.५६ रुपैयाँ र लाइट डिजेलको १४८ रुपैयाँ कायम भएको पाकिस्तानी पत्रिका डनले जनाएको छ। 

पाकिस्तानका अर्थमन्त्री मिफ्ताह इस्माइलले इस्लामावादमा एक पत्रकार सम्मेलनमा उनले सरकारसँग मूल्यवृद्धि गर्नु बाहेक अर्को विकल्प नभएको बताएका थिए। उनले भने, 'हामीले अझै पनि डिजेलमा प्रतिलिटर ५६ रुपैयाँ घाटा बेहोरिरहेका छौं।'

शेहबाज शरीफको सरकारलाई निर्णयको राजनीतिक नतिजाबारे जानकारी रहेको स्वीकार गर्दै उनले थपे, 'हामीले आलोचनाको सामना गर्नेछौं तर राज्य र यसको हित हाम्रा लागि महत्त्वपूर्ण छ र यसलाई बचाउनु हाम्रो लागि आवश्यक छ।'