समाचार रोजगार समाज

कृषि मन्त्रीलाई कांग्रेस सांसदले ‘तपाई जस्ता मन्त्रीका कारण कांग्रेसको वेईजत भयो’ भनेपछि...

कृषि मन्त्रीलाई कांग्रेस सांसदले ‘तपाई जस्ता मन्त्रीका कारण कांग्रेसको वेईजत भयो’ भनेपछि...

नेपाली कांग्रेसका सांसदले रासायनिक मल आउन नसक्नुमा सम्पुर्ण दोस कृषि मन्त्री महेन्द्र राय यादवको टाउकोमा थुपरेका छन् । कांग्रेस सांसद पार्वता डीसी चौधरीले मन्त्रीका कारण सरकार र नेपाली कांग्रेसको आलोचना भएको आरोप लगाईन।

संसदमा नेकपा एमलले दर्ता गरेको रासायनिक मल अभावसम्बन्धी अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफलमा भाग लिंदै सांसद चौधरीले किसानहरु मल नपाएर छटपटाइ रहेका बेला कृषिमन्त्री भने भारत भ्रमणमा निस्किएको भन्दै आलोचना गरिन।

गठबन्धनले राम्रो व्यक्तिलाई मन्त्री नबनाउँदा सरकार र कांग्रेसकै बेइज्जत भएको उनको भनाई छ। ‘हिजो हाम्रो सभापतिले चाहेर पनि एक्लै काम गर्न नसकेको बताउनु भयो । यो सबै तपाईंहरु जस्ता मन्त्रीले गर्दा हाम्रा प्रधानमन्त्री र हाम्रो सभापतिले काम गर्न सक्नु भएन’ उनले भनिन्–‘बेइजत त हाम्रै कांग्रसको हुन्छ नि नेतृत्व हाम्रो छ ।’

प्रधानमन्त्री देउवाले आईतवार मात्रै गठबन्धन सरकार भएका कारण भनेजसरी काम गर्न नसकिएको अभिव्यक्ति दिएका थिए । उनले कार्यकर्ताहरूलाई धेरै मागदाबी नगर्न आग्रह गरेका थिए । सोही विषयलाई सांसद चौधरीले संसद्मा उल्लेख गरेकी हुन् ।

कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका लागि विनियोजन गरेको बजेट तथा कार्यक्रमबारे संसदमा छलफल गर्ने क्रममा मन्त्री यादव भारत गएका थिए । किसानले मल नपाएको कारण बजेटमाथिको छलफल स्थगनको प्रस्ताव आएको भन्दै उनले कृषिमन्त्रीमाथि आक्रोश पोखेकी हुन् ।