समाचार

आफनै कार्यकर्ताको क्षमतामा देउवाको अविश्वास, राम्रो काम गर्ने रेणुलाई किन हटाउने ?

आफनै कार्यकर्ताको क्षमतामा देउवाको अविश्वास, राम्रो काम गर्ने रेणुलाई किन हटाउने ?

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकी छोरी रेणु विरुद्ध कांग्रेसबाट बागी वनेर उम्मेदवारी दिएका नेता जगन्नाथ पौडेलका कारण सत्तारुढ गठबन्धन दवावमा छ। अनेक प्रयास गर्दा पनि पौडेलले उम्मेदवारी फिर्ता लिन नमानेपछि कांग्रेस सभापति शेरबहादुर देउवाले विहिवार मतदातालाई फकाउने प्रयास गरे ।

भरतपुरमा आयोजित चुनावी सभालाई सम्वोधन गर्न अरुभन्दा एक दिन अघि नै पुगेका देउवाले वुधवार पौडेलको उम्मेदवारी निस्कृय वनाउने भरपुर प्रयास गरे। तर सकेनन्। यसअघि पनि उनले उम्मेदवारी फिर्ता गराउन गृहमन्त्री बालकृष्ण खाँड र राज्य मन्त्री उमेश श्रेष्ठलाई भरतपुर पठाएका थिए ।

सारा प्रयास असफल भएपछि देउवाले विहिवारको चुनावी सभामा मतदाता फकाउने प्रयास गरे। सभापति देउवाले गठबन्धन टुटाउने षड्यन्त्र भइरहेको भन्दै ‘षड्यन्त्रमा फस्यो भने हाम्रो पार्टी खत्तम हुन्छ । यो षड्यन्त्र भरतपुरबाट हुनै सक्दैन’– भने।

उनले अहिले रेनुलाई सहयोग गर्न आग्रह गर्दै अर्को पटक उनलाई छाड्न भन्ने आश्वासन पनि दिए । रेनुको जित सुनिश्चित भइसकेकाले बखेडा झिक्न नहुने भन्दै देउवाले भने, ‘यो पटक सहयोग गरौं । पछि हामीलाई सहयोग गर्न भनौंला ।’

तर, लगत्तै शुक्रवार काठमाण्डौमा आयोजित सभालाई सम्वोधन गर्दै देउवाले आफै अभिब्यक्तिलाई समस्या पर्ने गरी भाषण ठोकेका छन् । देउवाले रेनु दाहाल आफ्नो प्रस्तावमा भरतपुर महानगरपालिकाको मेयरमा उम्मेदवार बनेको बताए। 

माओवादी केन्द्रका अध्यक्ष दाहालको प्रशंसा गर्दै देउवाले उनी भरतपुरको मेयरमा रेनुलाई नउठाउन तयार भएको दाबी गरे । ‘हामी सबैले तपाईंको छोरी नउठानुस् भनेको भए त्यो पनि मान्नुहुन्थ्यो । राम्रो काम गरेको छ, किन हटाउनुहुन्छ भनेर मैले भनेको हो। राम्रो काम गरेको मान्छे, त्यो पनि महिलालाई किन रोक्नु ? दिनुस् भनेर मैले भनेको हो’– उनले भने।

प्रचण्डकी छोरीका रुपमा जन्मिनुबाहेक रेनुको कुनै गल्ती नभएको बताएका उनले कांग्रेसका नेता÷कार्यकर्ताको क्षमतामाथि नै प्रश्न उठ्ने गरी अभिब्यक्ति दिए । 

शेरबहादुर देउवा