समाचार

माओवादी नेतृ पम्फा भुसालले गरिन विश्वनाथ भगवानको पुजा !

माओवादी नेतृ पम्फा भुसालले गरिन विश्वनाथ भगवानको पुजा !

जनयुद्धकालमा धर्मलाई अफिम भन्दै मठमन्दिर भत्काउँन हिडेकी माओवादी नेतृ एवम् ऊर्जा तथा जलस्रोतमन्त्री पम्फा भुसालले भारतको वाराणसीस्थित काशी विश्वनाथ मन्दिरमा आईतवार पूजापाठ गरेकी छिन्।

प्रधानमन्त्री शेरबहादुर देउवा र पत्नि आरजु राणा देउवापछि उनले पुजापाठ गरेकी हुन। उनले पुजारीलाई दक्षिणा दिइन र प्रसाद ग्रहण गरिन। जनयुद्ध कालमा उनको पार्टी माओवादी धर्म मान्न नहुने भन्दै हिन्दुरहरुका मठ मन्दिर भत्काउँदै हिडेको थियो।

देउवाले वाराणसीकै समराजेश्वर पशुपतिनाथ महादेव तथा कालभैरव मन्दिरमा पनि पुजाअर्चना गरेका छन् । यसअघि प्रधानमन्त्री देउवालाई स्वागत गर्न उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ लगायत उच्च अधिकारीहरू वाराणसीस्थित लालबहादुर शास्त्री अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका थिए ।

प्रधानमन्त्री देउवा आइतबार अपराह्न वाराणसीबाट नयाँदिल्लीका लागि प्रस्थान गर्ने र साँझ नयाँदिल्लीबाट काठमाडौँ प्रस्थान गर्ने कार्यक्रम छ ।
 

शेरबहादुर देउवा भारत भ्रमण