समाचार

५५ जना त जन्ती जान’नि पाईदैन, प्रधानमन्त्रीसँग भारत भ्रमणमा जान पाईन्छ ?

५५ जना त जन्ती जान’नि पाईदैन, प्रधानमन्त्रीसँग भारत भ्रमणमा जान पाईन्छ ?

प्रधानमन्त्री शेरवहादुर देउवा तीन दिने औपचारिक भ्रमणका लागि भारतमा छन्। देउवाले भ्रमणको सुरुवात शुक्रबार गरे। शनिवार छुट्टी। आईतवार उनी स्वदेश फर्कने छन्। वास्तविक्ता नभएपनि प्रधानमन्त्रीको भ्रमण ‘गुड फ्राईडे’ मनाउन गए जस्तै छ।

भ्रमण टोलीमा प्रधानमन्त्री देउवासहित १५ जना उच्च सरकारी अधिकारी छन् भने व्यापारी नेता जती सबै सहभागि छन्। सुरक्षाकर्मी त हुने नै भए। देउवाले नेपालमा जन्तीका लागि तोकेको न्यूनतम संख्या समेट कटाएर भ्रमणको टोली लिएर गएका छन् ।

सामाजिक व्यवहार (सुधार) ऐन, २०३३ ले ५१ जनाभन्दा वढि जन्ती लान नपाउने ब्यवस्था गरेको छ। तर, प्रधानमन्त्रीको भ्रमण टोलीमा ५५ जना सहभागि छन्। सुरुमा ५० जना भनिएपनि जाँदाजाँदै ५ जना थपिएका छन् । उनले भ्रमण टोलीमा जन्ती जान कानुनले तोकेको संख्या पनि कटाए।

प्रधानमन्त्रीले जम्बो टोली लिएर भारत गएको विषयमा आलोचना भईरहेको छ। कतिपयले ‘जन्ती झै गएका बाँकीले सदस्यले देशका लागि के गर्छन ?’ भन्दै प्रश्न गर्न थालेका छन्। प्रधानमन्त्रीको भ्रमण टोलीलाई उनीहरुले ‘जन्ती टोली’ भनेर आलोचना गरेका छन् ।

यस्तो छ प्रधानमन्त्री देउवाको जन्ती टोली
१. प्रधानमन्त्री शेरबहादुर देउवा
२. डा. आरजु राणा देउवा
३. परराष्ट्रमन्त्री नारायण खड्का
४. ऊर्जा तथा जलस्रोतमन्त्री पम्फा भुसाल
५. स्वास्थ्यमन्त्री बिरोध खतिवडा  
६. कृषिमन्त्री महेन्द्र राय यादव
७. मुख्यसचिव शंकर दास बैरागी
८. प्रधानमन्त्रीका निजी सचिव भानु देउवा
९. परराष्ट्र सचिव भरतराज पौडेल
१० ऊर्जा सचिव देवेन्द्र कार्की
११. भौतिक पूर्वाधार तथा यातायात सचिव रविन्द्रनाथ श्रेष्ठ
१२. गृहसचिव टेकनारायण पाण्डे
१३. कानुन सचिव उदयराज सापकोटा 
१४. अर्थ सचिव मधु मरासिनी 
१५. गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदी
१६. राससका कृष्ण अधिकारी
१७. नेपाल टेलिभिजनका क्यामेरा पर्सन रविन शर्मा दाहाल 
१८. फोटोग्राफर रोशन सापकोटा
१९. उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा
२०. नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्ल 
२१. उद्योग वाणिज्य परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवाल  
२२. महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकाल
२३. नेपाल भारत चेम्बर अफ कमर्सका अध्यक्ष सुनिल केसी
२४. घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष उमेशप्रसाद सिंह
२५. परिसंघका महासचिव रामजीप्रसाद बराल 
२६. लगानी बोर्डका प्राविधिक सल्लाहकार जयेन्द्र श्रेष्ठ 
२७. १ नम्बर प्रदेशका व्यवसायी महेश जाजु 
२८. जलविद्युत लगानीकर्ताहरुको तर्फबाट गणेश कार्की 
२९. उद्योग वाणिज्य महासंघको औद्योगिक समितिका तर्फबाट भरत आचार्यलगायत सहसचिव र उपसचिवसहित जम्मा : ३३ जना 


यसवाहेक प्रधानमन्त्री पत्नीकी सहयोगी अनिता सिंहलगायतका अन्य १० जना टोलीमा सहभागि छन्।

भ्रमण टोलीमा सुरक्षाकर्मी  ७ जना छन्। 
१. लेफ्टिनेन्ट कर्नेल प्रकाशबहादुर सिंह
२. मेजर प्रकाशबहादुर कुँवर
३. डीएसपी कोमल शाह
४. क्याप्टेन सुमनविक्रम शाह 
५. प्रहरी निरीक्षक छिरिङ शेर्पा 
६. रामहरि श्रेष्ठ तथा अर्का 
७. फजिन्द्रबहादुर थापा

अन्तिम समयमा थपिएका: ५ जना 

यो पनि,

शेरबहादुर देउवा भारत भ्रमण