समाचार

बझाङमा बहुविवाह गर्नेलाई एमालेले बनायो उपाध्यक्षको उम्मेदवार

बझाङमा बहुविवाह गर्नेलाई एमालेले बनायो उपाध्यक्षको उम्मेदवार

७१ सालमा एमालेको नवौँ महाधिवेशन चलिरहेको थियो । उक्त महाधिवेशनमा महिला प्रतिनिधिले उठाएको एउटा एजेण्डाले निकै चर्चा पायो । एमालेका महिला प्रतिनिधिहरुले बहुविवाह गर्ने नेतालाई जारी नवौं महाधिवेशनमा पदाधिकारी र केन्द्रीय सदस्यमा उम्मेदवार बन्न नदिन दबाब दिएका थिए । 


चार सयभन्दा बढी महिला प्रतिनिधिले हस्ताक्षर गरी बहुविवाह र घरेलु हिंसाका घटनामा संलग्नलाई उम्मेदवार बन्द नदिन अध्यक्ष मण्डल र केन्द्रीय निर्वाचन आयोगलाई त्यसबारे ध्यानाकर्षण समेत गराएका थिए । 

यस्तै बन्दसत्रको बाहिरपट्टि बहुविवाह गर्नेलाई उम्मेदवार नबनाउन माग गर्दै ब्यानर नै टाँगिएको थियो । दुईवटी श्रीमति ल्याएका संविधानसभा अध्यक्ष सुवास नेम्वाङले भने उम्मेदवारी नै दिएनन् । 

तर बझाङमा भने बहुविवाह गर्ने महिलालाई एमालेले गाउँपालिका अध्यक्षका उम्मेदवार बनाएको छ । छविसपाथिभेरा गाउँपालिकामा नेकपा एमालेबाट सिफारिस देवकी बोहरा (बुढा)ले स्थानीय शिक्षक जनक बोहरासँग दोस्रो विवाह गरेकी थिइन् । अझै शिक्षक बोहराका दुइवटा श्रीमती छन् । यद्यपी शिक्षक समेत रहेका जनक बोहराले उपाध्यक्षकी उम्मेदवार देवकीलाई ललाई फकाई दोस्रो विवाह गरेको स्थानीय बताउँछन् । 

आश्चर्यको कुरा के भने एमालेका कार्यकर्ताहरुले ती नै दोस्रो विवाह गर्ने महिलालाई महिला अधिकार सुनिश्चित गर्नका लागि भोट दिन अनुरोध गरिरहेकाछन् । 

यसविषयमा बझाङबाट एमालेको राजनिति गर्ने महिला नेत्वृहरु किन मौन बसेको? सरोकारवाला प्रश्न गरिरहेकाछन् । यद्यपी हामीले पुर्व वन राज्यमन्त्री आशा कुमारी विकसँग प्रतिक्रिया लिन खोज्दा फोन उठेन । 

 

उम्मेदवार उपाध्यक्ष बहुविवाह गर्ने