समाचार मोडेल वाच

इन्डियन आइडल पवनदीप राजन आजै नेपाल आउँने

इन्डियन आइडल पवनदीप राजन आजै नेपाल आउँने

नेपालमा आयोजना हुन लागेको सांगितिक कार्यक्रममा भाग लिन इन्डियन आइडल पवनदीप राजन आज नेपाल आउँदैछन् । उनी दिउँसो ४ वजे काठमाण्डौं आईपुग्ने कार्यक्रम छ।

पवन दिपले आज राति होटल याक एण्ड यतीमा र आईतवार राति एलओडीको सांगीतिक कार्यक्रममा गाउँने छन। भारत उत्तराखण्ड, चम्पावतका पवनदीपले अरुणिना कान्जीलाल, मोहम्मत दानिश, शनमुख प्रिया, निहाल तारो र सायली काम्बलेजस्ता अब्बल प्रतिस्पर्धीलाई उछिनेर इन्डियन आइडलको उपाधि हात पारेका थिए ।

‘इन्डियन आइडल १२’का विजेता पवनदीप सन् २०१५ मा टिभी शो ‘द भोइस’का विजेता पनि हुन् । इन्डियन आइडलमा गाउँमा उनको प्रस्तुति हेरेर गायिका नेहा कक्कड रोएकी थिइन् । गायक हिमेश रेशमियाले उनलाई १० वटा गीतको अफर गरेका थिए ।

९० को दशकका गीत गाएर उनले कुमार सानु, उदित नारायण झा र अलका याग्मीको मन जितेका थिए । 
 

पवनदीप राजन

विशेष