समाचार

एनसेलको दोहोरो चरित्रः कर्मचारीलाई शोषण गरेर महोत्सवमा प्रायोजन (श्रृंखला– २३)

एनसेलको दोहोरो चरित्रः कर्मचारीलाई शोषण गरेर महोत्सवमा प्रायोजन (श्रृंखला– २३)

दुरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलका कर्मचारी विगत लामो समयदेखी आन्दोलनमा छन् । बढुवा र तलव वृद्धि रोक्का, बोनस वितरणमा अनियमितता लगायतका विषयमा उनीहरुको असन्तुष्टि छ।

प्रत्येक २/२ वर्षमा सामुहिक सौदाबाजी अनुसार कर्मचारीको तलब तथा सुबिधा बढाउनुपर्ने,  गैरकानुनी रुपमा कर्मचारीहरुलाई जागिरबाट बर्खास्त गर्न नपाइने, अन्याय पुर्ण सरुवा बन्द गर्नुपर्ने लगायतका माग राखेर करिव ४ सय ६० जना कर्मचारी यतिवेला आन्दोलनमा छन् ।

सामुहिक सौदावाजीका लागि प्रस्तुत गरेको प्रस्ताव कार्वान्वयनमा नआएपछि झण्डै एक वर्षअघि उनीहरुले सुरु गरेको आन्दोलन अझै रोकिएको छैन। कर्मचारीका काग सम्वोधन गर्ने भन्दा पनि उनीहरुलाई धम्क्याएर, गलाएर र प्रहरी लगाएर ठिक पार्ने नीति ब्यवस्पनले लिएका कारण आन्दोलन लम्विएको कर्मचारीहरु वताउँछन् ।

एनसेल ब्यवस्थापनले दोहोरो चरित्र अवलम्वन गरिरहेको कर्मचारीहरु वताउँछन् । शान्तिपुर्ण रुपमा आन्दोलन गरिरहेका कर्मचारीहरुलाई प्रहरी लगाएर दमन गर्ने अनि एकतर्फी रुपमा छानविन समिति वनाएर एनसेल कर्मचारी कर्मचारी ट्रेड युनियनका पदाधिकारी र त्यसमा आस्था राख्ने कर्मचारीलाई कारवाही गर्ने तयारीमा ब्यवस्थापन लागेको एक कर्मचारीले बताए।

गत माघ २६ गते एनसेल कार्यालय परिसर भित्र शान्तिपुर्ण आन्दोलनमा वसेका कर्मचारीलाई ब्यवस्थापनले प्रहरीले लगाएर धरपकड गरेको थियो । त्यस क्रममा प्रहरीले कर्मचारीमाथि हातपात समेत गरेको थियो। 

कम्पनीका मानव संसाधन तथा प्रशासन प्रमुख युवराज श्रीवास्तवको योजनामा उक्त घट्ना घटाईएको र अहिले एकतर्फी छानविन समिति वनाएर कर्मचारीमाथि कारवाही गर्ने षडयन्त्र भईरहेको ति कर्मचारीले जानकारी दिए ।

अर्कोतर्फ एनसेलले विगत ३ वर्षदेखि सम्पूर्ण कर्मचारीहरुको वढुवा रोकेको छ भने २ वर्षदेखी तलब वृद्धि तथा सेवा सुविधामा पनि अंकुश लगाएको छ। एकातर्फ कर्मचारीलाई शोषण गर्ने अर्कोतर्फ विभिन्न महोत्सवमा प्रायोजक वनेर हिड्ने दोहोरो प्रवृत्ति एनसेल ब्यवस्थापनले देखाईरहेको भन्दै कर्मचारी असन्तुष्ट छन्।

नेपाली नयाँ वर्ष २०७९ को अवसरमा वैशाख ३ गते काठमाडौँको दरबारमार्गमा आयोजना गरिएको १५औँ दरबारमार्ग मुख्य प्रायोजक एनसेल थियो। 

यो पनि,

एनसेल