समाचार राजनीति

प्रचण्डको दावीः भागवण्डा मिल्छ, चुनाव सर्दैन ३० गते नै हुन्छ

प्रचण्डको दावीः भागवण्डा मिल्छ, चुनाव सर्दैन ३० गते नै हुन्छ

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले महानगरपालिकाको चुनावी तालमेल सहमति नजिक पुुगेको दावी गरेका छन् । भागवण्डामा कुरा नमिल्दा चुनावी तालमेल गर्ने सहमति अप्ठ्यारोमा परेको भन्दै सत्तारुढ गठबन्धनकै नेताहरुले वताई रहेका वेला दाहालले यस्तो दावी गरेका हुन ।

सोमबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा उनले महानगरपालिकाको तालमेल सहमति नजिक रहेको र आजै सहमति जुट्ने दावी गरे । ‘६ वटा महानगरपालिका र ११ उपमहानगरपालिकामा गठबन्धनको बीचमा समझदारी बनाउने प्रयासमा छौ । महानगर टुंगिनेको नजिक पुगेको छ’ उनले भने–‘अब यहाँबाट सिधै गठबन्धनको बैठकमा जाने हो । बेलुकासम्म महानगरपालिका र उपमहानगरपालिम तालमेल निष्कर्षमा पुग्छौं।’

यता, सिट भागबन्डा गर्न बसेको सत्ता गठबन्धनको आज विहानको बैठक पनि विना निस्कर्ष सकिएको छ।  प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठक साँझ पुनः बस्ने गरी स्थगित भएको छ। 

गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले चुनावमा तालमेल गर्ने सहमतिपछि कुन स्थानीय तहमा कसले कति पद लिने भन्नेबारे छलफल गरिरहेका छन् । तालमेलका लागि गठबन्धनले यसअघि नै सात बुँदे मापदण्ड जारी गरिसकेको छ ।

तर, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाले धेरै सिटमा दाबी गरेपछि त्यसबारे कुनै सहमति भने भइसकेको छैन । दलहरु आफनो अडानबाट टसमस नभएपछि सहमतिमा पुग्ने वातावरण विथालिदै गएको छ।

पत्रकार सम्मेलनमा दाहालले स्थानीय तहको निर्वाचन कुनै हालतमा पनि नसर्ने बताए । अनुमानको भरमा निर्वाचन सर्छ कि भन्ने चर्चा चल्ने गरेको तर अब सरकार र सत्तारुढ गठबन्धन निर्वाचन गर्ने मनसायमा नरहेको उनले दावी गरे। 
 

नेकपा माओवादी केन्द्र पुष्पकमल दाहाल