समाचार मुख्य समाचार देश राजनीति

नेपाल–भारत विकास साझेदारी नया उचाईमा

नेपाल–भारत विकास साझेदारी नया उचाईमा

नयाँ दिल्ली । नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाको आफ्नो भारत भ्रमणका क्रममा नेपालसँग भारतको विकास सहयोगमा हालैका पहलहरु कोसेढुंगा सावित भएका छन्। पछिल्लो पटक प्रधानमन्त्रीमा नियुक्त भएपछिको पहिलो औपचारिक भ्रमणका क्रममा प्रधानमन्त्री देउवाले नेपालको विकासको आधारस्तम्भ नै भारत भएको बताएका थिए। 
भारतले नेपालको सडक, रेल, स्वास्थ्य, शिक्षा, उर्जाजस्ता विभिन्‍न क्षेत्रहरूमा निरन्तर काम गरिरहेको बताइएको छ। यसले दुई देशबीचको पूर्वाधार र सीमापार कनेक्टिभिटीमा सुधार गर्ने मात्र नभइ परियोजनाहरूले सीमाका दुबै छेउमा रहेका महिला र पुरुषहरूको जीवनलाई छुने भएकाले सम्बन्धलाई अझ बढी जनकेन्द्रित बनाउन पनि काम गर्दछ।
भारत नेपालको प्रमुख विकास साझेदार हो। नेपालमा आधुनिक पूर्वाधार विकासका लागि भारत-नेपाल सहकार्य सन् १९५१ मा काठमाडौंको गौचर विमानस्थल (आज त्रिभुवन विमानस्थल भनेर चिनिन्छ) निर्माणसँगै सुरु भएको थियो। 
यसबाहेक नेपालमा कनेक्टिभिटी, स्वास्थ्य, शिक्षा, विद्युत, सरकारी विभागलगायतका क्षेत्रमा भारत सरकारका विभिन्‍न परियोजना र प्रयासलाई समन्वय गर्न नेपालमा भारतीय सहायता नियोगको स्थापना सन् १९५४ मा भएको थियो। विकास साझेदारी अन्तर्गतका आयोजनाहरू नेपालभर भौगोलिक रूपमा फैलिएको आकार र क्षेत्रफलमा विविध छन्। यसमा भारत सरकारद्वारा उपलब्ध गराइएका अनुदानका साथै ऋणमार्फत वित्त पोषण गरिएका परियोजनाहरू समावेश छन्।
नेपालका लागि स्वास्थ्य, शिक्षा, विद्युत र कनेक्टिभिटी जस्ता प्राथमिकताका क्षेत्रमा ठूला र मध्यवर्ती पूर्वाधार परियोजनाहरू अनुदानको आधारमा हालैका वर्षहरूमा सञ्चालन गरिएका छन्।
यसको एक प्रमुख उदाहरण नेपाल भारत मैत्री आपतकालीन र ट्रमा सेन्टर काठमाडौंको निर्माण पनि हो। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको नयाँ कलेज ब्लक मार्च २०१४ मा उद्घाटन गरिएको थियो। यसबाहेक, शिक्षा क्षेत्रमा, नेपाल भारत मैत्री विद्यालय, पोखरा १२५ करोड भारतीय रुपैयाँमा खोलिएको थियो र मनमोहन मेमोरियल पोलिटेक्निक, मोरङ १३२ करोड रुपैयाँ लागतमा निर्माण गरिएको थियो। 
मनमोहन मेमोरियल पोलिटेक्निक नेपालमा आफ्नो प्रकारको पहिलो पोलिटेक्निक हो, जुन तीनवटा इन्जिनियरिङ स्ट्रिमहरूमा प्राविधिक शिक्षाका साथै धेरै व्यावसायिक पाठ्यक्रमहरू प्रदान गर्दछ। सन् २००९ नोभेम्बरमा नेपालका प्रधानमन्त्रीले आयोजनाको उद्घाटन गरेका थिए ।
६५० करोडभन्दा बढीको अनुमानित लागतमा काभ्रेपलाञ्चोकमा नेपाल राष्ट्रिय प्रहरी एकेडेमी (एनपीए) निर्माण भइरहेको प्रमुख आयोजना हो। विद्युत र ऊर्जा क्षेत्रको सहकार्यमा त्रिशूली जलविद्युत आयोजनाबाट सुरु भएको थियो (प्रारम्भमा १९७६ मा २१ मेगावाटको स्थापित क्षमताको भारु १४ करोड अनुदानमा निर्माण भएको थियो) त्यसपछि यो विस्तार भएको हो।
सन् २०१९ मा मोतिहारी-अमलेखगन्ज पेट्रोलियम पाइपलाइन १३४ करोडको  लागतमा सञ्चालनमा आएको हो। यो दक्षिण एसियाकै पहिलो अन्तरदेशीय पेट्रोलियम उत्पादन पाइपलाइन हो, जसले नेपाली जनतालाई प्रत्यक्ष आर्थिक फाइदा पुर्‍याएको छ। 
कनेक्टिभिटी अर्को क्षेत्र हो जहाँ भारत-नेपालबीचको सहकार्य स्पष्ट देखिन्छ। नेपालको पूर्व–पश्चिम राजमार्गलाई भारतीय सिमाना जोड्ने दशवटा सडक मिलेर बनेको तराई सडक परियोजनामा ​​पनि भारतले नेपाललाई रेल सञ्जालसँग सहयोग गरिरहेको छ।
यसरी भारतले नेपालका हरेक विकास निर्माणमा ठूलो योगदान गरिरहेको छ।