समाचार कभर स्टोरी

गैरजिम्मेवार एमालेः जुलुसमा सहभागी बालकको मृत्युमा खै समवेदना ?  

गैरजिम्मेवार एमालेः जुलुसमा सहभागी बालकको मृत्युमा खै समवेदना ?  

सोमवार नेकपा एमालेका अध्यक्ष तथा पुर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रमा सहभागि बढाउन ल्याइएका एक बालकको नदीमा डुबेर ज्यान गयो । बझाङको बित्थडचिर गाउँपालिका–४, देउलेखका १५ वर्षिया कमल बोहराले ज्यान गुमाए । 

एमालेको चुनावी सभालाई सम्बोधन गर्न अध्यक्ष ओली, उपाध्यक्ष विष्णु पौडेल र एमाले नेता भानुभक्त ढकाल हेलिकप्टरमार्फत बझाङ पुगेका थिए । आयोजकले सदरमुकाम नजिकै बाहुली खोलाको किनारमा मञ्च तयार पारेको थियो । मध्यान्ह करिब ३ बजे ओलीले सभालाई सम्बोधन गरिरहेकै बेला छेउमै बगिरहेको बाहुली खोलामा डुबेर बोहराको ज्यान गयो । ज्यान गुमाउने बालक कार्यक्रम आयोजना गरिएको ठाउँबाट करिब ४५ किलोमिटर टाढाबाट गाडि रिर्जव गरेर ल्याइएका थिए । 

घटनाको वारेमा जानकारी पाएर पनि अध्यक्ष ओलीले त्यस वारेमा चासो राखेनन् । उनी सम्वोधन सकेर हेलिकप्टर चढे। तर, घटनाको भोलीपल्ट मंगलवार नेकपा एमाले जिल्ला कमिटी बझाङले मृतकका परिवारलाई व्यवस्थापनको पहल गर्ने भन्दै विज्ञप्ति जारी गरेको छ । 

‘नेकपा एमाले जिल्ला कमिटी बझाङको आयोजनामा वृहत जनसभा बाहुलीगाड वसपार्कमा भैइरहेको बेला आमसभा स्थल बाहिर बाहुली गाडमा नुहाउने क्रममा वित्थडचिर गाउँपालिका–४ निवासी नरेन्द्र बहादुर बोहराका छोरा वर्ष १८ का कमल बहादुर बोहराको पानीमा डुबेर असामयिक निधन भएकोमा हाम्रो पार्टी स्तव्ध भएको छ’ विज्ञप्तीमा भनिएको छ– ‘दुखको यस घडीमा मृत आत्माको चिरशान्तिको कामना गर्दै परिवारजनमा धैर्य धारण गर्ने शक्ति मिलोस् भन्ने कामना गर्दछौँ । यस घटनाले हाम्रो पार्टी गम्भिर भएको छ । साथै मृतकको परिवारलाई उचित व्यवस्थापनको पहल गर्ने जानकारी समेत गरिन्छ ।’

एमाले बझाङ जिल्ला कमिटीद्वारा जारी विज्ञप्तीमा घुमाउरो पारामा परिवारलाई उचित व्यवस्थापनको पहल गर्ने त भनिएको छ । तर, कार्यक्रममा भिड वढाउन ति बालकलाई सहभागि गराईएको विषयमा भने एक शब्द पनि बालिएको छैन । उक्त विषयलाई लुकाउन खोजिएको विज्ञप्तिमा प्रयोग गरिएको भाषाबाट स्पष्ट हुन्छ ।

एमालेका स्थानीय नेता÷कार्यकर्ता पनि कोही श्रद्धान्जली अर्पण गरेर पानीमाथिको ओभानो बन्ने प्रयास गरिरहेका छन भने अधिकांश प्रतिक्रियाविहिन छन् । पुर्व वन राज्यमन्त्री तथा प्रतिनिधिसभा सदस्य आशा तथा कुमारी विकले सामाजिक सञ्जाल फेसबुकमार्फत श्रद्धान्जली अर्पण गरेकीछन् । सामाजिक सञ्जालमा राजनितिक विषयमा  टिकाटिप्पणी गरिराख्ने अनेरास्ववियुका पुर्व अध्यक्ष तथा नेकपा एमालेका केन्द्रिय सदस्य ऐन महरले प्रतिक्रिया दिएका छैनन् ।
कार्यक्रममा बालबालिका प्रयोग गरिएको र दुर्घटनामा बोहराको ज्यान गएको विषयमा गम्भिरता देखिएको छैन । 

बालबालिका सम्बन्धी ऐन, २०७५ को दफा ६६ को उपदफा २ मा राजनीतिक प्रयोजनका लागि बालबालिकालाई सङ्गठित गर्ने वा हडताल, बन्द, चक्काजाम, धर्ना, र जुलुसमा प्रयोग गर्न नहुने भनी उल्लेख गरिएको छ । यसलाई बालबालिकाविरुद्ध कसुरको रूपमा व्यवस्था गरिएको र यदि कोही कसैले सो कसुर गरेमा ७५ हजार रुपियाँसम्म जरिबाना र तीन वर्ष कैदको व्यवस्था गरिएको छ ।

विद्यमान संविधान तथा कानुन विपरित नेकपा एमाले बझाङले बालबालिकाको प्रयोग गरेर अपराध गरेको भन्दै विभिन्न व्यक्तिहरुले आपत्ति जनाइरहेका छन् । एमालेले चुनावी सभामा बालबालिकाको प्रयोग गरेकै कारण एक होनहार बालकको ज्यान गएको स्थानीयको भनाई छ । विप्लव नेतृत्वको नेकपाका नेता देवदत्त अवस्थीले यसलाई हत्याको संज्ञा दिएका छन् ।

विप्लव नेतृत्वको नेकपाका नेता देवदत्त अवस्थीले यसलाई हत्याको संज्ञा दिएका छन् । उनी भन्छन्, ‘राजनितिक दलले १८ वर्ष मुनिका बालबालिकालाई कुनैपनि सभासम्मेलनमा सहभागि गराउनु अपराध हो । त्यो अपराध आज केपी ओलीले गरेका छन् । त्यसको सम्पुर्ण जिम्मा एमालेले लिनुपर्छ ।

नेवि संघ बित्थडचिरका नेता हरिस बोहराले सामाजिक सञ्जाल फेसबुकमा लेखेकाछन्, ‘यस घटनाको जिम्मेवारी नेपाल कम्युनिस्ट पार्टी एमाले बझाङ र खड्क प्रशाद ओलीले तथा लिनु पर्ने हुन्छ । किनभने कार्यकर्तालाई कार्यक्रम लगिसकेपछि जिम्मेवारी पुर्वक आफुनो नियन्त्रण भन्दा बाहिर जान दिन पर्दैनथ्यो ।’


एमालेको चुनावी सभामा बालबालिकाको प्रयोग, एक बालकको मृत्यु

केपी शर्मा ओली एमाले बझाङ डुबेर ज्यान गयो