समाचार समाज देश

अमेरिकासँग यसरी झुकेका थिए प्रचण्ड !

अमेरिकासँग यसरी झुकेका थिए प्रचण्ड !

राजनीतिक विश्लेषक डा. केवी रोकायाले माओवादीलाई जनयुद्धकालिन समयमा आतंककारी समुहबाट राजनीतिक समुह वनाउन सवैभन्दा पहिला क्रिस्चियन समुदायले हिम्मत गरेर आवाज उठाएको दावी गरेका छन् ।

केही समय अगाडि नेपाल आजसँगको कुराकानीका क्रममा डा. रोकायाले माओवादी र सरकारका बीचमा वारपारको लडाई भईरहेका वेला माओवादी राजनीतिक शक्ति हो र उसले उठाएका मुद्दा राजनीतिक रुपमै समाधान हुन पर्छ भनेर क्रिश्चियन समुदायले वोलेको वताएका छन् । त्यसका लागि आफुले अहम् भुमिका निर्वाह गरेको उनले वताए ।

‘माओवादी जनयुद्ध प्रभावकारी हुँदै जाँदा अन्य मानवअधिकारवादी संस्थाले काम गर्न नसक्ने अवस्था आयो। विशेषगरी काठमाण्डौ वाहिरका जिल्लामा÷दुर्गम क्षेत्रमा जान सक्ने अवस्था। गाह्रो हुँदै आयो। किलो सेरा टु भन्ने अभियान राज्यले चलाएको थियो। किलो सेरा टुसम्म आईपुग्दाखेरी जनअधिकार सरोकार अभियान भन्ने मामव अधिकारवादी संस्था जस्को अध्यक्ष म थिएँ। त्यसले नेपालको माधवअधिकार अभियानलाई नै÷मुभमेन्टलाई नै नेतृत्व दिने अवस्था आयो’ उनले भनेका छन्–‘हामीले नेपालको ह्युमन राईट मुभमेन्टलाई लिड गरेको थियो। यसरी मँ चै माओवादी जनयुद्धसँग÷माओवादी पार्टीसँग नजानिदो तरिकाले आवद्ध हुँदै आएँ।’

रोल्पाको एउटा गाउँबाट सुरु भएर माओवादी जनयुद्ध जव देश भरी फैलदै गयो, त्यस वेला देखिनै आफुले क्रिश्चियन समुदायमा सचेत गराएको र माओवादीका विषयमा स्पष्ट दृष्टिकोण सार्वजनिक गर्न माग गरेको रोकायाले वताए । ‘सुरुदेखि नै मैले नेपालका क्रिस्चियन समुदाय विशेषगरी क्रिस्चियन अगुवाहरुलाई माओवादीको विषयमा स्पष्ट धारणा राख्न आग्रह गर्दै आएको थिए’ उनले भने–‘अव देशमा जनयुद्ध सुरु भयो, माओवादीले जनयुद्ध सुरु गरे। यो अहिले एउटा दुर्गम क्षेत्रबाट सुरु भएको छ, तर यो भोली देशभरी फैलिन्छ। मेरो त्यस वेलाकै भविष्यवाणी थियो। यो देशभरी फैलिन्छ, त्यसकारणले भोली हामी पनि प्रभावित हुन्छौ यसवाट। त्यस कारणले नेपालका क्रिस्चियनहरुले यसको वारेमा वोल्नु पर्छ भन्ने चै मैले वहाँहरुलाई भने। माओवादीका कुन–कुन एजेण्डाहरुमा हामीले सहमति गर्न सक्छौं, सपोर्ट गर्छौ। कुन कुरासँग हाम्रो सहमति छैन भनेर स्पष्ट धरणा वनाउनु पर्छ भनेको थिए।’

तर, त्यसवेला क्रिस्चियन समुदायले आफनो कुराको सुनुवाई नगरेको उनले वताए । ‘मैले त्यसो भन्दा नेपालका क्रिष्चियनहरु तयार भएनन्। सवै क्रिस्चियनहरु त्यो वेला माओवादीको विरुद्धमै थिए । हामी यसमा संलग्न हुनुहुँदैन, यसमा हामीले वोल्नु पर्दैन, वोल्न हुँदैन भन्ने खालकै पोजिसन वहाँहरुले लिनु भो। तर, मैले प्रयास जारी राखे। नेपालका क्रिस्चियनहरुले वोल्नु पर्छ भन्ने मलाई लागेको थियो’ उनले थपे–‘अर्को भनेको नेपालका धार्मीक समुदायले पनि वोल्नु पर्छ, किन भने म आफै धार्मीक ब्यक्ति भएको हुनाले धार्मिक समुदायको भुमिका यसमा म चाहान्थे। मेरो चै इच्छा के थियो भने हिंसाविना, धेरै मान्छे नमरिकन नै माओवादीले उठाएका कतिपय महत्वपुर्ण एजेण्डाहरु एड्रेस होस भन्ने चाहान्थे। उनीहरुले उठाएका एजेण्डा पनि एड्रेस हुने, तर त्यो शान्तिपुर्ण तरिकाले धेरै मान्छे नमरेर, धेरै रगत नवगेर हुनुपर्छ भन्ने थियो।’

आफुले माओवादी र राज्यका विचमा वार्ताको माहोल वनाउन त्यो प्रयास गरेको उनको जिकिर छ। ‘म सुरु देखि नै माओवादी र राज्यको विचमा वार्ता हुनुपर्छ र वार्ताद्वारा समस्याको समाधान हुनुपर्छ भन्नेमा थिए। त्यसमा क्रिस्चियनहरुले वोल्नु पर्छ भनेर मैले राखें। त्यो वेला अन्य कुनै पनि धार्मिक संस्था र धार्मीक गुरुहरुले वोलिरहेका थिएनन्। देशमा यत्रो हत्या हिंसा भईरहेको थियो। तर धार्मीक समुदाय वोलिरहेको अवस्था थिएन’ उनले भने–‘मानव अधिकारको क्षेत्रमा म यता जनअधिकार सरोकार अभियानबाट माओवादीसँग संलग्न भएर त काम गरिनै रहेको छु। अर्कोतिर धार्मिक समुदायलाई पनि जनयुद्धमा सामेल गराउन चाहान्थे। तर हिंसा रोकेर शान्तिपुर्ण तवरले समस्याको समाधान होस भन्ने मेरो चाहाना थियो। तर, धार्मिक समुदाय तयार भएन।’ 

१९९६ फेव्रुअरी १३ (०५२ फागुन १) मा जनयुद्ध सुरु भएको थियो। माओवादीहरु सुरु देखि नै सैद्धान्तिक हिसावले क्रिस्चियनहरुको विरुद्धमा थिए। वहाँहरु धर्मकै विरुद्धमा हुनुहुन्थ्यो, समग्र रुपमा धर्मप्रति हेर्ने दुष्टिकोण नकारात्मक, धर्मको विरोध गर्ने। त्यसपछि क्रिस्चियनहरुको त झन विरोध गर्ने। किनभने क्रिस्चियनहरुलाई माओवादीहरुले पश्चिमी साम्राज्यवादका एजेण्टहरुको रुपमा हेर्नु हुन्थ्यो। अमेरिकी साम्राज्यवाद, पश्चिमी साम्राज्यवादका एजेण्टहरु भनेर चै क्रिस्चियनहरुलाई हेर्ने भएकोले । माओवादी जनयुद्ध भएको तीन वर्षपछि १९९९ मा आएर मैले नेपालका क्रिस्चियनहरुको तर्फबाट विशेष गरी शान्ति स्थापना गर्न र माओवादी र सरकारको बीचमा वार्ताको पहल गर्न  खोजे।

मेरो चाहाना चै के थियो भने क्रिस्चियनहरुले माओवादी जनयुद्धको वारेमा वोल्न थाले र अलिकति माओवादीको पक्षमा पनि वोलिदिए भने माओवादीहरु क्रिस्चियनहरु प्रति आक्रामक नहोलान भन्ने थियो। त्यो हिसावले पनि क्रिस्चियनहरु वोल्नु पर्छ भनिरहेको थिए । 

त्यो सोचेर मैले १९९९ मा क्रिस्चियनहरुको संस्था एनसीसीएन (नेशनल काउन्सिल अफ चर्च अफ नेपाल) भनेर आफनै अध्यक्षतमा सुरु गरे। केही क्रिस्चियनहरुले सहयोग गरे। यसले देशभरी धरानदेखि धनगढिसम्म क्रिस्चियनहरुको भेला गरेर माओवादी जनयुद्धको वारेमा प्रशिक्षण दियौं। माओवादी के हुन, उनीहरुले के एजेण्डा उठाएका छन्, उनीहरुलाई किन हामीले सहयोग गर्नुपर्छ भन्ने किसिमले माओवादीप्रति क्रिस्चियनहरुलाई सकारात्मक वनाउने काम  गरियो। १० हजार क्रिस्चियनहरु त्यो कार्याक्रममा सहभागि भए। त्यसले माओवादी प्रति एककिसिमको माहौल वनायो।

त्यो कार्यक्रमका क्रममा हामीले अन्य धर्मका ब्यक्ति, स्थानीय माओवादी तथा सुरक्षा प्रमुखहरुसँग पनि भेट्ने, कुरा गर्ने गर्यौ। तर, जनयुद्ध भएको ७ वर्ष वितिसक्दा पनि क्रिस्चियनहरुले माओवादीको वारेमा स्पष्ट धारणा ल्याउन सकेनन्। मैले सुरु देखि नै प्रयास गरे, तर अन्य धार्मीक संस्थाले पनि वोलेनन्।

सन २००३ मा आएपछि मैले के सोचे भने अव त कोही सुरु नभएपनि अव चै वोल्नु पर्छ भनेर मैले सुरु गरेको एनसीसीएन भन्ने संस्थाको ब्यानरमा हामीले एउटा पत्रकार सम्मेलन गरेर माओवादी÷जनयुद्धप्रति हाम्रो धारणा के हो त ? भनेर ११ वुँदे अवधारणा प्रश्तुत गर्यौ । त्यो चै नेपालको क्रिस्चियन र नेपालको धार्मिक समुदायको तर्फबाट जनयुद्धको वारेमा वोलिएको पहिलो घट्ना थियो। एनसीसीएन भन्ने संस्था नेपालका सवै क्रिस्चियनहरुको प्रतिनिधिमुलक संस्था हो भन्ने धारणा हामीले राख्यौ। तर, वास्तवमा त्यो थिएन। मलगायतका एकदमै थोरै क्रिस्चियनहरुले साथ दिएका थिए। अधिकांश क्रिस्चियनहरु माओवादीको विरुद्धमा थिए। त्यसमा सहभागिता थिएन उनीहरुको । तर, त्यो पत्रकार सम्मेलनमा नेपालका सम्पुर्ण क्रिस्चियनहरुको धारणा हो यो भन्ने हिसावले हामीले राख्यौ।

त्यो वेलाको माओवादीको शक्ति धेरै अगाडि वढिसकेको थियो। देशभरी माओवादी जनयुद्ध फैलिसकेको थियो र ठुलो शक्तिको रुपमा स्थापित भईसकेको थियो। त्यसले गर्दा खेरी नेपालको कुनै पनि क्रिस्चियन समुदाय, समुह, चर्च अथवा कुनै पनि क्रिस्चियन अगुवाले यसमा हाम्रो सहमति छैन भनेर भन्ने शाहस गरेनन्। त्यो नभएपछि सवै क्रिस्चियनहरुको धारणा भन्ने नै वुझियो। 

अन्तर्राष्ट्रिय समुदाय विशेष गरी पश्चिमा राष्ट्रहरुले यसलाई महत्व दिए। माओवादीलाई आतंकारी भनिएको थियो, हामीले राजनीतिक शक्तिका रुपमा प्रश्तुत गर्यौ। यो समस्या राजनीतिक हिसावले समाधान गर्नु पर्छ भनेर भन्यौ। त्यसपछि सवै क्षेत्रको पहलमा माओवादी शान्तिपुर्ण अवस्थामा फर्कियो।

अमेरिका लगायत पश्चिमा राष्ट्रहरुले नेपालमा भएको माओवादी आन्दोलनलाई चिनबाट परिचालित र चिनबाट आएकाहरुले सञ्चालन गरेको आतंककारी समुह हो भन्ने वुझेका थिए । उनीहरुले सरकारलाई माओवादीसँग वार्ता नगर्न दवाव दिईरहेका थिए । युरोपियन युनियन, वेलायत र अमेरिका एक ढिक्का थिए माओवादीको वारे। तर हाम्रो समन्वयपछि उनीहरु वार्ताका लागि सकारात्मक भए।

नर्वेले यसमा चासो देखायो। पहिलो पटक मिडियामा जनयुद्धको वारेमा वोल्ने नर्वे हो। त्यहाँको सरकारले यहाँको राजदुतलाई निर्देशन दियो वोल्नका लागि । सरकारले माआवोदीसँग वार्ता नगरे हाम्रो सहयोग रोक्छौं भनेपछि सराकरलाई दवाव पर्यो । त्यसपछि अन्य मुलुकहरु सकारात्मक हुँदै गएपछि अमेरिका पनि वार्ताका लागि सकारात्मक भएको रोकायाले वताए। त्यसवेला नेपालका लागि अमेरिकी राजदुत जेम्स मोरिआर्टि हुनुहुन्थ्यो। हामीले एम्वेसीमै गएर भेट्यौ। कुरै सुन्न चाहानु भएन। तर, विस्तारै उनीहरु माओवादी प्रति सकारात्मक हुँदै गए। माओवादीले अमेरिकी सरकारलाई पत्र लेख्नुपर्ने सर्त आयो। माओवादीहरु तयार भए। चिठि लिएर मेरो छोरो अमेरिकी दुतावासमा गयो। दुतावासले आफनो सरकारलाई पठायो। अमेरिका सकारात्मक हुँदै गयो र अन्त्यमा वार्ताको वातावरण वन्यो।

एनसीसीएनका अध्यक्ष, मानवअधिकारकर्मी, राजनीतिक विश्लेषक एवम इसाई प्रवचक डा. केपी रोकायाले २०७५ वैशाख ५ गते नेपाल आजसँग गरेको कुराकानी हेर्न तलको भिडियोमा क्लिक गर्नुहोस।


 

डा. केवी रोकाया