समाचार राजनीति

ओलीलाई झट्काः सांसद भएकाले नै पार्टी छोड्न थाले

ओलीलाई झट्काः सांसद भएकाले नै पार्टी छोड्न थाले

पूर्वमन्त्री प्रेमबहादुर सिंह नेतृत्वको समाजवादी जनता पार्टी (सजपा) नेकपा एमालेमा समाहित भयो। मंगलबार आयोजित कार्यक्रममा पार्टी अध्यक्ष सिंहले सिंगो पार्टी एमालेमा समाहित भएको घोषणा गरे।

एमाले अध्यक्ष केपी शर्मा ओलीले सिंहसहितको टीमलाई एमालेमा प्रवेश गराए। उनीसँगै अभिनेत्री करिश्मा मानन्धर र लोसपाका केन्द्रीय सदस्य शिव पटेललगायतका नेता तथा कार्यकर्ताहरू पनि एमाले प्रवेश गरेका छन्।

यसअघि अध्यक्ष ओलीले वीरगञ्ज महानगरपालिकाका मेयर विजय सरावगी तथा मोरङको रंगेली नगरपालिकाका मेयर दिलिप बगडिया र उपमेयर केशवकुमारी खराललाई पनि एमालेमा प्रवेश गराए ।

यति मात्रै होईन, नेकपा एमालेले पछिल्लो समय पार्टी प्रवेश कार्यक्रमलाई तिव्रता दिएको छ। अध्यक्ष ओलीले अरू पार्टी त्याग गरेर एमालेमा प्रवेश गर्नेको लहर चलेको बताउने गरेका छन् । अहिले ८ लाख ५५ हजार रहेको एमालेकोसंगठित सदस्य संख्या ११ लाख पुगेको उनले बताए । 

तर, अवस्था भने उनले भनेजस्तो छैन। ‘भुईको टिप्न खोज्दा पोल्टाको समेत पोखियो’ भने झै एमालेका नेता कार्यकर्ताहरुले समेत पार्टी छोड्ने क्रम वढेको छ।

यसैक्रममा वुधवार नेकपा एमालेका तर्फबाट संविधानसभा सदस्य रन्जु ठाकुर जनता समाजवादी पार्टीमा प्रवेश गरेकी छन् । सप्तरीको राजविराजमा आयोजित एक कार्यक्रममा जसपा अध्यक्ष उपेन्द्र यादवले ठाकुरलाई पार्टी प्रवेश गराएका हुन् ।

विद्यार्थीकालदेखि नै कम्युनिस्ट आन्दोलनमा लागेकी ठाकुर ०७० सालको संविधानसभामा एमालेबाट समानुपातिकतर्फबाट संविधानसभा सदस्य चुनिएकी थिइन् । त्यसवेला उनी महिला, बालबालिका तथा जेष्ठ नागरिक संसदीय समिति सभापतिसमेत थिइन् ।

चितवनमा सम्पन्न एमाले महाधिवेशनमा आफुलाई केन्द्रीय तहमा नसमेटिएको भन्दै उनी रुष्ट थिईन।

जसपा जनता समाजवादी पार्टी रन्जु ठाकुर