समाचार व्यापार स्वास्थ्य

भ्रमपूर्ण विज्ञापन गरेर ठगी गर्दै टुबोर्ग वियर

कानुनको धज्जी उडाउँदै उपभोक्ताको स्वास्थ्यसँग खेलवाड

भ्रमपूर्ण विज्ञापन गरेर ठगी गर्दै टुबोर्ग वियर

गोर्खा ब्रुअरीको टुबोर्ग बियरले भ्रमपुर्ण विज्ञापन गरी उपभोक्ता ठगी गर्न थालेको छ। होलीको अवसरमा आफनो अफिसियल फेसवुक पेज तथा विभिन्न मिडियामा टुवोर्गले ‘आफिसियल वियर’ को संकेत हालेर विज्ञापन गरेको छ। 

जानकारहरुका अनुसार नेपालमा वियरलाई आफिसियल र अनअफिसियल भनेर छुट्याउने मापदण्ड छैन। तर, टुवोर्गले अफिसियलको संकेत प्रयोग गरेर उपभोक्ता ठगी गर्न खोजेको उपभोक्तावादीहरु वताउँछन् । ‘टुवोर्ग वियर कसरी भयो अफिसियल? कसले बनायो अफिसियल बियर’ एक उपभोक्तावादी भन्छन्–‘टुबोर्ग अफिसियल र अरु अनअफिसियल भन्ने हुन्छ र ?’

नेपालको कानुन अनुसार उत्पादन वा सेवाको बारेमा गलत, अपूर्ण वा शंकास्पद जानकारी प्रसारण गर्न प्रतिवन्ध छ। यसरी पैसाको लागि उपभोक्तालाई भ्रममा पार्ने र सर्वसाधारणको स्वास्थ्यमाथि खेलवाड गर्ने कार्य कानुन विपरित भएको वताईन्छ।

उपभोक्ता संरक्षण ऐन ०७५ ले नै भ्रमपूर्ण विज्ञापन गरी ब्यापार÷ब्यवसाय गर्न वन्देज गरेको छ। ऐनको परिच्छेद ४ को दफा १६ उपदफा (२) को खण्ड (ख) मा ‘झुठा वा भ्रमपूर्ण विज्ञापन गर्ने वा भ्रमपूर्ण विज्ञापन गरी विक्रि गर्ने’ क्रियाकलाप गर्न नहुने उल्लेख छ।

यसैगरी दफा ३८ को खण्ड (च) मा ‘दफा १६ को उपदफा (२) को खण्ड (ख) (ग) (घ) (ङ) (च) (ज) (झ) (ट) (ड) (ढ) (त) र (थ) बमोजिमको अनुचित ब्यापारीक क्रियाकलपा गरेमा वा गराएमा कसुर गरेको मानिने ब्यवस्था छ।

तर, कानुनको ठाडो उलंघन गर्दै यसरी प्रचार प्रसार गर्दा पनि नियमनकारी निकायको ध्यान नगएको सरोकारवालाहरु वताउँछन् । मदिरा आफैमा स्वास्थ्यका लागि हानिकारक बस्तु हो । त्यसमाथि अफिसियल भन्दै भ्रम फैलाउनु अझै घातक भएको उपभोक्तावादीहरु वताउँछन्।


 

गोर्खा ब्रुअरी टुबोर्ग बियर भ्रमपुर्ण विज्ञापन