समाचार विचार

रुस–युक्रेन युद्धले सम्झाएको चीन–भारत सीमा विवाद

विक्रम मित्तल

रुस–युक्रेन युद्धले सम्झाएको चीन–भारत सीमा विवाद

रुस–युक्रेन संकट समाधानको खोजी भईरहेका बेला विश्वले अर्को सीमा विवादको पनि समाना गर्नु पर्ने देखिन थालेको छ, जुन अहिले व्यापक रूपमा छलफल र चर्चामा आएको छैन। विश्वका उदीयमान महाशक्ति राष्ट्रहरु भारत र चीनबीच २ हजार १६७ माइल लामो सीमाना छ। जसमा दुई देशले ८० वर्षदेखि विवाद गर्दै आएका छन्। सन् १९६२ मा यस सिमानामा दुई देशबीच युद्ध भयो, जसको अन्त्य आजसम्म पनि भएको छैन।

सीमानामा अहिले पनि तनावपूर्ण स्थिति छ। तर, दुवै देशले अर्को युद्धबाट बच्न कोशिसहरु भईरहेको दाबी गरिरहेका छन् । दुवै देश आधुनिक सेना र आणविक हतियारले सुसज्जित भएका कारण यो सीमा विवादलाई बढ्दो महत्वका साथ हेर्नु जरुरी छ। यसबाहेक, यी दुई देशहरूले विश्वव्यापी जनसंख्याको ३५ प्रतिशत र विश्वव्यापी जीडीपीको २१ प्रतिशत ओगटेका छन्। यस अर्थमा पनि यी दुई देशको सीमा विवाद विश्वका लागि सामान्य हुन सक्दैन।

भारत–चीन सीमा विवाद विश्वका सबैभन्दा लामो विवादित सीमानाहरू मध्ये एक हो। यो तीन खण्डमा विभाजित छ । पहिलो खण्ड भुटानको पूर्वमा फैलिएको छ, जहाँ भारतीय राज्य अरुणाचल प्रदेशलाई चीनले दक्षिणी तिब्बतको हिस्सा भएको दाबी गर्छ। दोस्रो खण्ड नेपाल र भुटानको बीचमा फैलिएको साँघुरो भाग हो। जहाँ ५० माइल जमिन छ। यो सीमा क्षेत्र सानो छ तर भारतका लागि रणनीतिक रूपमा महत्वपूर्ण छ। किनभने यसले भारतको सुदूर पूर्वी राज्यहरूलाई देशको ठूलो हिस्सासँग जोड्छ। यस क्षेत्रको केही भाग चीन र भारत बाहेक भुटानले पनि दाबी गरेको छ। तेस्रो खण्ड तिब्बतको उत्तरमा जान्छ। भारतयको लद्दाख क्षेत्र र चीनको अक्साई क्षेत्रसँग सीमा जोड्छ।

यी प्रत्येक स्थानमा चीन र भारतको सीमा विवाद छ। विशेष गरी सीमा क्षेत्र पहाडी भुभाग छ। त्यसैले आकस्मिक घुसपैठ सामान्य छ। यसबाहेक, औपनिवेशिक कालमा कोरिएका अन्य सीमानाहरूमा चीनको असन्तुष्टि छ। जसलाई चीनले खुल्ला दिलले सहमति गरेको थिएन। चीनले भारतीय सीमानाका जनतासँग ऐतिहासिक र सांस्कृतिक सम्बन्ध बाँडफाँड गरेको दाबी गरेको छ । साथै, लद्दाख क्षेत्र तिब्बती–स्वतन्त्र आन्दोलनको आधार हो। यसले चीन–पाकिस्तान जोड्न सम्भावित रूपमा मार्ग प्रदान गर्दछ।

यो सीमानामा सन् १९६२ मा भारत र चीनबीच छोटो युद्ध भएको थियो। यो युद्ध सन् १९५९ को तिब्बती विद्रोहले सुरु गरेको थियो, जसको परिणाम स्वरूप दुई देशबीचको सीमामा हिंसात्मक झडपहरू भएका थिए। भारत र चीनबीच शान्ति कायम राख्ने शृंखलाबद्ध सम्झौताका कारण सन् २०१७ सम्म सीमा क्षेत्र अपेक्षाकृत शान्त थियो। यद्यपि, पछिल्ला वर्षहरूमा सीमापार हिंसा र विवादहरू बढ्दै गएका छन्, दुवै पक्षले सीमानाको आफ्नो पक्षलाई बलियो बनाएका छन्। सन २०१७ मा मा चिनियाँ जनमुक्ति सेना (पीएलए) ले भुटानद्वारा डोक्लाम क्षेत्रमा सडक विस्तार गर्यो। भारतले निर्माणलाई रोक्नको लागि यस क्षेत्रमा सेना पठाएर जवाफ दियो, तर त्यस वर्षको अगस्टमा दुबै पक्षले आफ्ना सेना फिर्ता लिएका थिए।

यसैविच भारतीय सेनाले चीनसँगको विवादित सिमाना नजिक रणनीतिक राजमार्गलाई अघि वढाएको छ। मे २०२० मा दुई देशका सेनाबीच भएको झडप लद्दाख क्षेत्रमा भारतीय सडक निर्माण परियोजना नै कारक थियो। २०२० को मध्ये जुनमा ठूलो झगडा भयो। यो झडप विना हतियार थियो। केही महिनापछि भने दुवै पक्षले सीमापार छिटपुट गोलीबारी गर्न थाले ।

त्यसपछि दुवै पक्षले सीमानामा पूर्वाधार निर्माणलाई जारी राखेका छन् । चीनले सीमाको पूर्वी भागमा गाउँहरू निर्माण गरिरहेको छ, जसमध्ये केही भारत र केही भुटानले दाबी गरेको भूभागमा छन्। दुबै पक्षले सीमानामा सेना उतारेको आरोप समेत लगाउँदै आएको छन् ।
यो सामग्री फोर्ब्स म्यागेजिनको बेवसाईट फोर्ब्स डटकमबाट अनुवाद गरिएको हो।