समाचार राजनीति

लाचार प्रधानमन्त्रीः जसलाई आफनै सचिवालयले गरेको काम थाहा हुँदैन

लाचार प्रधानमन्त्रीः जसलाई आफनै सचिवालयले गरेको काम थाहा हुँदैन

प्रधानमन्त्री एवम नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आफनो सचिवालयले गरेको कामको समेत जिम्मेवारी लिन नसक्ने अवस्थामा पुगेका छन् । सचिवालयले के गर्छ र कसरी गर्छ ? भन्ने नै थाहा पाउन छोडेपछि उनी अधिकांश विषयमा अनभिज्ञ हुन्छन् ।

प्रधानमन्त्रीको यो लाचार अवस्था करिव एक साताअघि खुलेको हो । खासमा प्रधामन्त्री देउवाको सचिवालयले केही समय अघि ‘सरकारका सय दिन’ शीर्षक राखेर एउटा पुस्तक प्रकाशन गर्यो। उक्त पुस्तकको कभरमा नेपालको नक्सा राखियो। तर, संसदले पारित गरेको चुच्चे नक्साको साटो बुच्चे (पुरानै) नक्सा छापिएपछि निकै आलोचना भयो।

नेकपा एमालेका सचिव योगेश भट्टराईले त सामाजिक सञ्जालमै पुरानो नक्सा राखेको विषयमा असन्तुष्टि जनाए । उनले नेपाल सरकारले नै प्रकाशित गरेको पुस्तकमा नेपालको ‘चुच्चे नक्शा गायब !’ बनाएको भन्दै प्रधानमन्त्रीलाई सार्वजनिक माफि माग्न नै भने।

‘नेपाल सरकार प्रकाशक रहेको ‘तस्वीरमा सरकारका १०० दिन’ पुस्तकमा नेपालको संसदले सर्बसम्मत रुपले पास गरेको नेपालको चुच्चे नक्शा कता गयो प्रम देउवाज्यु ?’ उनले लेखेका थिए–‘कि तपाईंलाई संसदको निर्णय मान्य छैन ? होईन भने यो हदको लापरवाही गर्नेलाई कार्वाही भएको र प्रम देउवाले सार्वजनिक रुपमा माफी मगेको खबर सुन्न नेपाली जनता आतुर छन ।’

तर, उक्त पुस्तकको वारेमा नत उनको सचिवालयले जानकारी गरायो, नत भट्टराईको स्ट्याटसनै उनले पढ्ने मौका पाए । यसैक्रममा एमसीसी संसदबाट अनुमोदन गराउने प्रयास अन्तर्गत प्रधानमन्त्री देउवाले दुई पटक पुर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट गर्न उनकै निवास बालकोट पुगे।

प्रधानमन्त्री देउवालाई वल्ल आफनो सचिवालयले बुच्चे नक्सा राखेर बुकलेट निकालेको जानकारी भयो। त्यो पनि ओलीले वुकलेट थमाउँदै ‘यो त्रुटी नियतवस हो कि लापरवाही हो?’ भनेपछि। पत्नी आरजु राणासहित बालकोट गएका दिन ओलीले प्रधानमन्त्रीको सचिवालयबाट प्रकाशित सरकारका सय दिन शीर्षकको पुस्तकको कभरमा नेपालको चुच्चे नक्साको साटो पूरानै (बुच्चे) नक्सा छापिएको विषयमा व्यंग्य गरेका थिए ।

दुई नेताबीच औपचारिक छलफल हुनुअघि एक नेताले ‘तपाईंहरू एमालेले गरेका कामको विरोध र भण्डाफोर गर्ने भन्दै हुनुहुन्छ,यो चुच्चे नक्साको पनि भण्डाफोर गर्ने हो ? संसदले पारित गरेको चुच्चे नक्सा तपाईंको सचिवालयबाट प्रकाशित पुस्तकमा गायब हुनु संयोग मात्रै हो कि ? नियत नै हो ?’ भन्दै प्रश्न गरेका थिए।

त्यसो भनेपछि देउवाले आफूहरूलाई यो पुस्तक कसले निकाल्यो भन्ने पनि जानकारी नरहेको बताएका थिए । ‘बुकलेट हेर्दै देउवाले कसले छाप्यो यो ?’ भन्दै उल्टै प्रतिप्रश्न गरेका थिए । कांग्रेसले घर–घरमा कांग्रेस भन्ने चुनावी नारासहित गाउँ–गाउँमा गएर तत्कालीन नेकपा र पछि एमाले सरकारले गरेका कामको भण्डाफोर गर्ने निर्णय लिएपछि अहिले उक्त वुकलेटको विषय फेरी चर्चामा आएको छ।

बुधबार मोरङको रंगेली पुगेका एमाले अध्यक्ष ओलीले कांग्रेसलाई यहि विषयमा ब्यंग्य गरे। ‘एमालेको भण्डाफोर गर्ने भनेको के गर्ने ? त्यही धरहरा र रानीपोखरी भत्काउने ?’ उनले भने–‘हामीले अघि बढाएका पालिकास्तरीय अस्पताल, सडक र सुरुङमार्गहरुको भण्डाफोर गर्ने ? त्यही त होला नि कांग्रेसले ।’
 

शेरबहादुर देउवा चुच्चे नक्शा