समाचार विदेश

विद्यार्थीको भविष्य अन्धकार बनाएको भन्दै चीनविरुद्ध बंगालादेशमा मानव साङलो बनाएर प्रदर्शन

विद्यार्थीको भविष्य अन्धकार बनाएको भन्दै चीनविरुद्ध बंगालादेशमा मानव साङलो बनाएर प्रदर्शन

चीनले बंगलादेशका विद्यार्थीहरुलाई विभेद गरेको भन्दै राजधानी ढाकामा बृहत मानव साङलो बनाउँदै विरोध प्रदर्शन गरिएको छ।

बंगलादेश मुक्तिजुद्दा मञ्चको आयोजनामा राजधानी ढाकामा रहेको राष्ट्रिय संग्राहलय अगािड बृहत मानव साङलो बनाउँदै विरोध प्रदर्शन गरिएको हो। 

प्रदर्शनमा चीनमा पढिरहेका करिब पाँच हजार विद्यार्थीलाई आफ्नो पढाइ निरन्तरताका लागि चीन फर्किन अुनमती दिन माग गरिएको छ। शनिबार दिउँसो सहबाग सहरमा पनि प्रदर्शन गरिएको छ। संगठनका उपाध्यक्ष तथा मोहम्मद अल ममुनका महासचिव सहीन सिग्दरको नेतृत्वमा मानव साङलो बनाइएको हो।  

कार्यक्रममा बोल्ने वक्ताहरु उपाध्यक्ष रोमन होसयन, डियू शाखाका अध्यक्ष सोनेट महमुद, महासचिव तोउडुल इस्लाम महिम, रासा, मिजानुर रहमान, हसिब, कमरुल हसनलगायतले ढाकाका विद्यार्थीहरुलाई विभेद गरेर उनीहरुको अध्ययनमा बाधा पुर्याउन खोजेको बताएका छन्। 

सोनेटले चीन सरकारको दोहोरो र विभेदकारी नीतिको चर्को आलोचना गरेका छन्। उनले करिब पाँच हजार बंगलादेशका विद्यार्थीहरुलाई चीनले अन्याय गरेको बताए। उनले चीन फर्किने पर्खाइमा रहेको विद्यार्थीहरुलाई चाँडो फर्किर आफ्नो अध्ययनलाई निरन्तरता दिने वातावरण सिर्जना गरिदिन माग गरेका छन्।

उनले चीनले जानाजान बंगलादेशका हजारौं विद्यार्थीको भविष्य अन्योलमा पार्न नपाउने समेत बताएका छन्। 

चीन फर्किन पर्खिरहेका बंगलादेशी विद्यार्थीले अन्य मुलुकका विद्यार्थीहरुलाई चीनले अनुमति दिएको भए पनि बंगलादेशका विद्यार्थीहरुलाई चीन फर्किन नदिएको भन्दै आपत्ति जनाएका हुन्। चीनले आफूहरुलाई पूर्वाग्रहीरुपमा व्यवहार गरेको उनीहरुको आरोप छ।

यता, नेपालका विद्यार्थीहरु पनि चीन फर्किन पाएका छैनन्। उनीहरुले पनि यसअघि चिनियाँ दूतावास अगाडि धर्ना दिएका थिए। चीनले कोरोना महामारीलाई कारण देखाउँदै विभिन्न मुलुकका विद्यार्थीहरुलाई फर्किन दिएको छैन। जसले गर्दा चीनमा छात्रवृत्ति तथा विभिन्न माध्यमबाट अध्ययन गरिरहेका विद्यार्थीहरुको अध्ययन अपूरो हुने र भविष्य नै अन्धकार हुने भएको छ। नेपाल सरकारले पनि यसका लागि कुनै पहल गर्न सकेको छैन।
 

चीन

विशेष