समाचार व्यापार रोजगार

चीनको नाकावन्दीले साना ब्यवसायी मर्कामाः गरिखाने माद्यम बैंकले खोस्यो

चीनको नाकावन्दीले साना ब्यवसायी मर्कामाः गरिखाने माद्यम बैंकले खोस्यो

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका ४ का वडाअध्यक्ष साङ दोर्जे सेर्पाले चीनको अघोषित नाकावन्दीका कारण सर्वसाधारण विचल्लीमा परेको वताएका छन् ।

नेपाल आजसँगको कुराकानीका क्रममा वडाध्यक्ष सेर्पाले तातोपानी भन्सार नाकासँग आश्रित भएर ब्यवासय सञ्चालन गर्ने सर्वसाधारणका विल्लिवाठ भएको वताए । सेर्पाका अनुसार चीनको नाकावन्दीपछि ढुवानी क्षेत्रमा शिल्क ट्रान्सपोर्टको एकाधिकार छ। जसका कारण अन्य साना ब्यवासायी वेरोजगार छन् ।

‘शिल्क ट्रान्सपोर्टले गाडी तथा ब्यापारमा सेण्डिकेट लगाईरहेको छ। नेपाल सरकारको नियममा सेण्डिकेट छैन। तर, नियमन गर्ने निकाय चुप लागेर वस्दा उस्को एकाधिकार छ। भन्सारको हाकिमसावले के गरिरहेका छन् मैले वुझ्न सकेको छैन। यो दायित्व भन्सार चिफको हो। यहाँ जो सुकै आएर ब्यापार गर्न पाउँछ। शिल्कको मात्रै एकलौटी हुन्न। गाडी जस्को पनि चल्न पाउनु पर्छ, शिल्कको मात्रै दादागिरी देखाएर उसले मात्रै चलाउन पाउने होईन, सवैले चल्न पाउनुपर्छ’ उनले भने–‘हिजो यही रोड हो, एक हजार वटा कन्टेनर चल्थ्यो। त्यसको नेतृत्व नेपाल ट्रक कन्टेनर ब्यवसायी संघले गथ्र्यो। त्यो वेला ब्यवसायीहरुलाई एकदम राम्रो थियो।’

भोटेकोशी गाउँपालिकाका अधिकांश स्थानीयको घरको एक जनाको गाडी रहेको वताएका उनले यस क्षेत्रमा खेतीपाती नहुने भएकाले त्यसैको आम्दानीबाट परिवार पाल्दै आएपनि नाकावन्दीपछि उनीहरुको रोजागारी मरेको सेर्पा वताउँछन् । ‘खेतीपाती नहुने ठाउँ हो या। सवै ब्यवसायी थिए। ब्यवसायी भएको नाताले प्रत्येक घरका एक जनाको गाडी थियो, त्यो गाडिले परिवार पाल्थ्यो। तर, अहिले भुकम्पपछि नाकावन्दीले तहसनहस भयो।’ उनले भने–शिल्कको मनपरी छ, त्यो गलत भएको छ। प्रशासनले पनि हेर्नु पर्ने जरुरी छ। किन जरुरी छ भने, स्थानीयको रोजिरोटीको कुरा छ । रोजिरोटी खोसेको छ।’

शिल्कले आफना १ वटा गाडीमा १५ जना ड्राईभर राखेर चलाईरहेको र अन्य ब्यवसायी तथा मजदुर मसस्यामा परेको उनले वताए । ‘ट्रक कन्टेनर ब्यवसायी संघको नेतृत्वमा त्यो गाडी चल्ने हो भने सय वटा गाडिको सय वटा ड्राईभर हुन्थ्यो, सय वटा हेल्पर हुन्थ्यो। दुई सय जनाले काम पाउँथे। स्थानीयहरुको यो काम अहिले शिल्क ट्रान्सपोर्टले खोसेको छ। वन्चित गराएको छ’ उनले थपे–‘यहाँ कतिपय स्थानीय ब्यवसायीहरुले भन्छन् हामीले जागिर पाएको छैन। हामीलाई केही पनि भएन। हाम्रो गाडिले ट्रिप पाउन पनि गाह्रो छ। ट्रिप पाउँदा पनि १५/२० दिन लाग्छ। मनपरी भयो। एउटा कम्पनीको दादागिरी चलिरहेको छ। कसैले हेरेन भनेर मलाई पटक पटक गुनासो गरेका छन्। मैले प्रशासनसँग पनि कुरा गरे। यो गलत हो, एउटा कम्पनीको मात्रै दादागिरी चल्दैन भनेको थिए। तर, अहिलेसम्म सुधार भएको छैन।’

तातोपानी नाकामा सवैको साझा भएकाले सवैले काम गरी खान पाउनु पर्ने उनको धारणा छ। भुकम्पपछि गाडी चल्ने कण्डिसन नभएपछि कतिपय विदेश पलायन भएको कतिपय वसाई सरेको र कतिपय संघर्ष गरेर वसिरहेको उनले जानकारी दिए । ‘कसैको गाडी कुहिएर गयो, कसैको गाडी वैंकले तान्यो। नेपाल सरकारले २० वर्ष पुराना गाडी चल्न नदिने भनेपछि कतिपयले गाडि काटेर पनि वेचे। अहिले यहाँको नाजुक अवस्था छ। ऋण तिर्न नसकेर कतिपय विदेश गएका छन्। कसैले वच्चा पढाउन समेत सकेका छैनन्। कतिपय घरमा वसेका छन्, गाडि चलाउछु भन्दा पनि काम पाएका छैैनन्’ उनले गुनासो गर्दै भने–‘आफनो गाडी कुहिएर गयो, काम कसैले दिदैन। सय वटा गाडी भएको कम्पनीले १५ जना मान्छे राखेर काम गराएर हुन्छ? ८५ जना मान्छे घरमा वसेका छन्, उनीहरुको रोजिरोटी खोसिएको छ।’

कुल्लीको पैसा पनि वल्ल वल्ल
शिल्क ट्रान्सपोर्टले गाडिमा सामान लोड अनलोड गर्ने कुल्लीको पैसामा समेत वैमानी गर्ने गरेको सेर्पाले वताए । ‘कुल्लीको पैसा समेत ३/४ महिनासम्म दिदैन। विहान काम गरेर वेलुका खाने अवस्थाका मान्छे कुल्ली काम गरेर वसेका छन् । ति मान्छेको पेमेण्ट समेत ३/४ महिनामा दिन्छ भनेको सुनेको छु। हिजो मात्रै मलाई लोडर संघका साथीहरुले सुनाए। यो गलत भएको छ। भन्सारको हाकीमले पनि अलिकति हेलचेक्र्याई गरेको जस्तो लाग्छ’ उनले भने–‘वन्दरगाहको पनि आफनो नियम होला। वहाँले सक्नु हुन्न भने गाउँपालिकालाई गहार्नु पर्यो। वडालाई गहार्नु पर्यो। हामी गर्छौ नत्र, के गर्नु पर्छ ब्यवस्थित तरिकाले चलाउने हामी गराई दिन्छौं।’ 

शिल्कले तस्करी गर्दैन भनेर भन्ने अवस्था छैन
‘शिल्कले तस्करी पनि गर्छ भन्ने आरोप छ, हो त ?’ प्रश्नमा उनले हो भन्न पनि नसक्ने र होईन भन्न पनि नसक्ने वताए । ‘कल्याककुलुक हल्ला चै मैले पनि सुनेको हो। पहिला सुरुमा शिल्क चल्दा त त्यही हल्ला थियो। त्यो हल्ला सत्य नै होकी भन्ने पनि लाग्थ्यो। हामी होईन भन्न पनि सक्ने अवस्थामा छैन। जुन तरिकाले एक लौटी चलाएको छ, त्यो हेर्दा हुन पनि सक्छ।’ उनले भने।

शिल्क पनि डुब्ने अवस्था छ
वडाध्यक्ष सेर्पाले यस्तै अवस्था रह्यो भने शिल्क कम्पनी पनि डुब्ने दावी गरे। ‘जुन तरिकाले गाडी ल्याएको छ, त्यो तरिकाले गाडी चल्ने अवस्था चै छैन। चाईनाले दिनमा ४/५ वटा गाडि छोड्छ, त्यो सय वटा गाडि कहाँ लगेर चलाउने ? देखाउनलाई ल्याएको हो की के हो थाहा छैन, तर गाडी चै टन्नै देख्छु। ट्रेलर पनि देख्छु, कन्टेनर पनि देख्छु, १० चक्के पनि देख्छु। सप्पै वसिरहेका छन् तर सवै चलेको अवस्था चै छैन।’ उनले भने–‘उसको काम गर्ने शैली पनि स्थानीयले मन पराएका छैनन्, पटक पटक अवरोध हुँदै आएको छ। समस्या त धेरै छन् ।’ 

कोरोना संक्रमण सुरु हुँदा पनि शिल्कले चाईनाबाट सामान ल्याउन नछोडेपछि एक पटक स्थानीयले आगो लगाउनै ठिक पारेको उनले स्मरण गरे। ‘चाईनामै कोरोनाको उत्पती भएको हो। चाईनाबाट सामान आयो, त्यसपछि हामीले सामान रोक्नोस, चाईनामै कोरोना रोग सुरु भएको हो। त्यहाँबाट रोग आउँछ भनेर रोक्न खोज्दा उसको दादागिरी देखाएर जवरजस्ती लिएर आयो। त्यसपछि स्थानीयले रोके। ढुङ्गामुढा गर्ने, जलाई दिनेसम्म अवस्था आयो’ उनले भने–‘तर, स्थानीयभन्दा वढि प्रहरी राखेर प्रशासनले जोगाएर लग्यो।’

यो पनि

चीनको ज्यादतीको विरोध गर्दा यसरी वेपत्ता हुन्छन् सीमा क्षेत्रका मान्छे

चीनको सीमानाकाका जनप्रतिनिधि भन्छन– चीन भन्दा भारत राम्रो छिमेकी

यस्तो छ चीनियाँले कब्जा गरेको तातोपानी सुख्खा बन्दरगाह आसपासको क्षेत्र

एमसीसी मार्फत अमेरिकी सेना आउने प्रोपोगाण्डाले नेपाल छिर्यो चीनियाँ सेना ?

साङ दोर्जे सेर्पा
ADVERTISEMENT