मोडेल वाच अपराध सुरक्षा कुरा: युवाको

पल शाहविरुद्ध किटानीको श्रृंखला, गैडाकोट प्रहरीमा पुग्यो अर्को जाहेरी

पल शाहविरुद्ध किटानीको श्रृंखला, गैडाकोट प्रहरीमा पुग्यो अर्को जाहेरी

नेपाली चलचित्रका नायक पल शाहविरुद्ध जबरजस्ती करणीसम्बन्धी कसूरमा किटानीको सृंखला नै सुरु भएको छ। ११ फागुनमा पहिलो जाहेरी दर्ता भए लगत्तै आईतवार पीडित परिवार नवलपरासीको गैंडाकोटमा अर्को उजुरी लिएर पुगेका हुन।

जाहेरी अनुसार शाहले ७ चैतमा नवलपरासीको गैंडाकोट रिसोर्टमा सुटिङका बेला उनै गायिका माथी जबरजस्ती करणी भएको दाबी गरिएको छ । एकदिनमा सकिने काममा जबरजस्ती करणी गर्ने उद्देश्यले थप एक दिन बस्न शाहले लगाएको जाहेरीमा उल्लेख छ।

प्रहरीले भने जाहेरीको विवरण अध्ययनपछि मात्रै दर्ता हुने÷नहुने टुंगो हुने जनाएको छ। छ । यसअघिको जाहेरी जिल्ला प्रहरी कार्यालय, तनहुँमा दर्ता भएको छ। लगत्तै फरार रहेका शाह आईतवार आफै प्रहरीमा हाजिर भएका थिए ।
जिल्ला प्रहरी कार्यालय, तनहुँले चाहिँ शाहविरुद्ध जबरजस्ती करणीको कसूरमा अनुसन्धानका लागि अदालतबाट ७ दिनको म्याद थप गराएको छ। 
 

पल शाह