समाचार राजनीति

संसद बैठक स्थगित गराएर देउवा–ओली छलफलमा

संसद बैठक स्थगित गराएर देउवा–ओली छलफलमा

एमसीसी अनुमोदन गर्ने/नगर्ने विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच बिहीबार भेटवार्ता भएको छ । प्रतिनिधिसभाको बैठक स्थगित भएसँगै संसद भवनमै देउवा र ओली छलफलमा वसेका थिए।

दुवै नेता सहभागि छलफलमा एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र उपाध्यक्षहरु सुवास नेम्वाङ तथा विष्णु पौडेल सहभागी छन् भने काँग्रेसबाट देउवासहित सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्की र महामन्त्री गगन थापा सहभागी थिए।

संसदमा एमसीसीको विषयमा छलफल भइरहेको सन्दर्भमा दुई नेताबीच भएको वार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ । बिहीबार बिहान प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच पनि छलफल भएको थियो । 

सरकारको आग्रहमा आजेको प्रतिनिधि सभाको बैठक स्थगित गरिएको छ। अर्को बैठक भोलि १ बजे बस्ने बताइएको छ। आज १ बजेका लागि बोलाइएको बैठकमा एमसीसीसम्बन्धी सम्झौतामाथि सैद्धान्तिक छलफल हुने कार्यसूची थियो।

आज नै बसेको कार्यव्यवस्था परामर्श बैठकले एमसीसी सम्झौतामाथि छलफल गर्ने निर्णय गरेको थियो। तर, एमसीसीका कारण सत्तागठबन्धन संकटमा परेपछि सरकारले बैठक स्थगन गराएको हो। 
 

एमसीसी शेरबहादुर देउवा केपी शर्मा ओली