समाचार मनोरञ्जन मोडेल वाच

वैशाख ३ गते सलमान खान नेपाल आउने

वैशाख ३ गते सलमान खान नेपाल आउने

नयाँ वर्षमा आयोजित कार्यक्रममा सहभागि हुन बलिउडका चर्चित अभिनेता सलमान खान नेपाल आउने भएका छन्। 

नयाँ वर्ष २०७९ वैशाख ३ गते काठमाडौंमा आयोजना हुने सांगीतिक कार्यक्रममा सहभागी हुन उनी नेपाल आउन लागेका हुन । उक्त कार्यक्रममा सहभागि हुन सलमानसहित बलिउड कलाकारको टोली नै नेपाल आउन लागेको जनाईउको छ।

सलमानका साथमा अभिनेत्री सोनाक्षी सिन्हा, ज्याकलिन फर्नान्डिज, कोरोयोग्राफर प्रभु देवा, मुदस्सर खाना, अभिनेता मनिष पल, आयुश शर्मा, सई मांजरेकर, गायक गुरु रन्धावालगायत कलाकार आउने बताइएको छ। 

लाजिम्पाटस्थित ओडीसी इन्टरटेनमेन्टले बलिउड कलाकारको सहभागितामा दशरथ रंगशालामा सांगीतिक कार्यक्रम आयोजना गर्दैछ। 
 

सलमान खान