नेपाल टेलिकम कम्पनीको प्रवक्तामा शोभन अधिकारी नियुक्त भएका छन्।
टेलिकमका सह–प्रवक्ता रंजित लोहियाले शुक्रबार विज्ञप्ति जारी गरेर अधिकारीलाई प्रवक्तामा नियुक्त गरिएको जानकारी दिएका हुन्।
अधिकारी केन्द्रीय कार्यालयस्थित प्रमुख प्राविधिक अधिकृतको कार्यालयमा प्रबन्धक थिए।