समाचार स्वास्थ्य राजनीति

स्वास्थ्य मन्त्रीले नै कोरोनाको खोप ‘किनेर लगाएँ’ भनेपछि...

स्वास्थ्य मन्त्रीले नै कोरोनाको खोप ‘किनेर लगाएँ’ भनेपछि...

स्वास्थ्य मन्त्रीले नै आफुले कोरोना विरुद्धको पहिलो खोप किनेर लगाएको बताएपछि एमाले रुष्ट वनेको छ। एमालेले मन्त्री विरोध खतिवडाले झुठो वोलेको दावी गर्दै उनको राजिनामा माग गरेको छ।

मन्त्री खतिवडाले हालै एउटा अन्तवार्तामा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारका बेलामा आफू स्वयमले पहिलो खोप पाँच हजार रुपियाँमा ‘किनेर लगाएको’ बताएका थिए ।

एमालेको स्वास्थ्य तथा जनसंख्या विभागका प्रमुख योगेश भट्टराईले मंगलबार विज्ञप्ति जारी गर्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाको राजीनामा मागेका छन । कोभिडविरुद्ध पहिलो खोप किनेर लगाएको मन्त्री खतिवडाको दाबी झुटो भएको भन्दै भट्टराईले दावी गरे।

‘झुट बोल्ने व्यक्ति नैतिक रुपमा मन्त्री पदमा बसिरहन अनुचित हुने भएकाले तत्काल राजीनामा गर्न हाम्रो पार्टी माग गर्दछ ।’

विरोध खतिवडा