समाचार कभर स्टोरी

किटियाले खिचेको हिमचितुवाको तस्विर नक्कली भएको खुलासा, यसरी भयो पर्दाफास 

किटियाले खिचेको हिमचितुवाको तस्विर नक्कली भएको खुलासा, यसरी भयो पर्दाफास 

एक अमेरिकी फोटोग्राफर किटीया पवलोस्कीले नेपालको सगरमाथा क्षेत्रमा खिचिएको भनिएको हिउँ चितुवाको फोटोले खुबै तहल्का मच्चायो । नमच्चाओस पनि किन? अमेरिकीहरु उति टाढाबाट आएर नेपालको हिमाल चहारी चहारि दुख गरेर फोटो खिच्छन् । नेपालका पत्रकार भने वाहियात छन् भन्दै ब्याख्या गरे केहिले । त्यहि फोटोलाई लिएर नेपालका केहि नाम चलेका पत्रकार र अखवार, टिभी र रेडियोलेपनि धमाका मच्चाए । त्यो फोटोले धमाका नमच्चाओस् पनि किन रु नेपालको हिमालमा गएर अमेरिकीले हिउँ चितुवाको दूर्लभ तस्विर लिएको भन्दै विश्वकै धमकेदार पत्रिका ‘द टाइम्स’ लेसमेत छाप्यो । त्यसैले यो फोटोले विश्वभरि हल्लाखल्ला र क्षणिक वाही वाही कमायो ।

तर वास्तबिकता बाहिर देखिएको यो तस्विरमा विशेषज्ञहरु उति विश्वस्त थिएनन् । किनभने हिउँ चितुवाको फोटो खिचिएको द्रिष्य, त्यसको भूगोल, त्यो जनावर उभिएको थलो र तस्विरको देखावट सहजै पचाउन सकिने, प्राक्रितिक हो जस्तो लाग्ने थिएन । भित्रभित्रै त्यो फोटोबारे बहस चलेपनि यथेस्ट प्रमाण बिना कसैले बिरोधमा बोलिहाल्न भने सकेको थिएन ।

तर नेपाली विशेषज्ञहरु खासगरि सरिस्रिप विशेषज्ञ र हिउँ चितुवाको अध्ययनसमेत गरेका प्राध्यापक करन बहादुर शाह लगायतले भित्रभित्रै चलाएको छलफल जस्तै किटीया पवलोस्कीको तस्विर नक्कलीनै साबित भयो । यो फोटो नक्कली हो, फोटोसपको सहाराले काटकुट गरेर सक्कली आवरण दिईएको हो भन्ने विशेषज्ञ र पत्रीकाबाटै प्रमाण र तर्कसहित सार्वजनिक भएको छ ।

हिमाल, हिमाली जीवन र खासगरि हिमालकै सेरोफेरोमा विशेषज्ञता हासिल गरेको मानिने ‘अलपाईन इन्टरनेशल मेगाजिन’ लेनै नक्कली हिउँ चितुवाको भन्दै पर्दाफास गरेको छ । 

यस्तो छ पत्रीकाको तर्क
अलपाईन पत्रीकाले शुक्रवार २५ नोभेम्वरका दिन किटीया पवलोस्कीका तस्विरहरु नक्कली भएको भन्दै ‘द फेक स्नो लिओपार्ड फोटोमोन्ताज स्प्रेड एराउन् द वर्ल्ड’ शिर्षकमा निकै लामो रिपोर्ट सार्वजनिक गरेको छ ।

सारा संसारले केटीया पावलोस्कीको हिउँ चितुवाको फोटोहरु देखेका छन् । तर समस्या के भने अमेरिकी फोटोग्राफरको तस्बिरहरूमा प्रकाश अलि अनौठो छ । फोटोहरूले फोटोमोन्टेजहरूको सम्झना दिलाउने कोलाज (टाँस्सिएको, जोडिएको) प्रभावहरू देखाउँछन् ” पत्रीकाले उल्लेख गरेको छ ।

ति तस्विरहरुमा प्राकृतिकपन, वास्तविकता भन्दा फरक लागेपछि अलपाईन पत्रीकाले ति तस्बिरहरूलाई विस्तृत रूपमा विश्लेषण गर्ने निर्णय गरेको थियो । त्यसपछि उनीहरु कम्तिमा दुई फोटोहरू हेरफेर गरिएको छ भनेर प्रमाणित गर्न सक्ने अवस्थामा पुगे ।

हिउँ चितुवाको पृष्ठभूमि सिर्जना गर्न प्रयोग गरिएको पहाडका धब्बा वा टुक्राहरु पहिचान गरेर उनीहरुले फोटो मिसमास गरिएको पत्ता लगाए । हिउँ चितुवाहरू हिमनदीमा देखिने सम्भावना छ कि छैन भनेर अलपाईन पत्रीकाले हिउँ चितुवा विशेषज्ञ फोटोग्राफर भिन्सेन्ट मुनियरसितपनि सोधपुछ गर्‍यो । उनले हिउँ चितुवा त्यसरि हिमनदीमा नभेटिने उत्तर दिए ।

अलपाईन पत्रीकालाई उपलब्ध गारएको उनको आफ्नै फोटोपनि जोडजाड वा (कोलाज) गरिएको, किटीयाले आफ्नै फोटोपनि कोलाज गरेर वेभसाईटमा राखिएको, आफ्नै फोटोमा नक्कली हिमालय प्रिष्ठभूमी हालिएको अलपाईनले उल्लेख गरेको छ । र अलपाईनले भनेको छ “यदि तपाईं वास्तवमै त्यहाँ हुनुहुन्थ्यो भने किन आफैलाई नक्कली हिमालय पृष्ठभूमिमा चित्रण गर्नुहुन्छ?”

अलपाईन पत्रीकाले उनले राखेका कम्तिमा तीन तस्विरलाई केलाउँदै एक एक ब्याख्या गरिदिएको छ । सबैभन्दा बढी हेरिएको हिउँ चितुवाको फोटो त झन ७१६१ मिटरमा खिचेको भनिएको र त्यसको प्रिष्ठभूमीपनि मिश्रण गरिएको उल्लेख छ । किनभने हिउँ चितुवाहरु ५५०० मिटरमाथि जाँदैनन् । अर्को एक तस्विरमा त्यति माथिको उचाईमा परेवा उडेको देखाईएको र त्यसलाई अविश्वशनिय भनिएको छ ।

“एउटा कुरा निश्चित छ, किटीया पवलोस्की दृश्य कला र फोटोसप प्रयोगमा एक विशेषज्ञ छन्” पत्रीकाले भनेको छ ।

-दुई तस्बिरहरू नक्कली छन् -फोटोका धेरै टुक्राहरू जोडिएको छ
-फोटोग्राफरको वास्तविक पहिचान शंकाको घेरामा छ
-चितुवालाई असम्भव स्थानमा देखाइएको छ । अलपाईनका अनुसार यो हिउँ चितुवा विशेषज्ञ भिन्सेन्ट मुनियरले पुष्टि गरेका छन् ।


जम्मा चार वटा फोटो छन् र ति परिचय वा इतिहास बिना राखिएका छन् । तिनीहरूका लेखक, किटीया पवलोस्की, एक अमेरिकी फोटोग्राफर भएको दाबी गरिएको छ । तर वाइल्डलाइफ फोटोग्राफीको संसारमा कसैले पनि उनको बारेमा सुनेका छैनन् । सामान्यतया हिमाली फोटोग्राफी (माउन्टेन फोटोग्राफी) को संसारमा पनि त्यस्तै हुन्छ। तर भर्खर फोटोखिच्न शुरु गरेका, सिकारु फोटोग्राफरलाई भाग्यवश मौका मिल्न सक्छ त्यस्ता द्रिष्य भेट्टाउन । र किटीया पवलोस्की हिउँ चितुवाको केही शटहरू भेट्टाउन भाग्यशाली हुनपनि सक्थिन । हिमालयमा वर्षौं बिताए पनि केही मानिसहरूले मुस्किलले झुलुक्क मात्रै देख्नपनि सक्छ ।

समस्या तस्बिरहरूको प्रकृतिमा छ । तिनीहरूको संरचना, प्रकाश, तिनीहरूको स्थानमा छ । अर्को शब्दमा, तिनीहरूको सत्यतामा छ ।

पवलोस्कीका तस्बिरहरू उत्कृष्ट छन्, तर तिनीहरू फाेटाेशप हुन् । फोटोशप जस्ता सफ्टवेयर प्रयोग गरेर धेरै छविहरूको रचना गरिएको छ । यी तस्बिरहरूको प्रकाशनमा मुख्य समस्याहरू मध्ये एउटा के हो भने तिनीहरू काटकुट गरेर, थपथाप, जोडजाड गरेर सिर्जना गरिएको हो भनेर प्रस्तुत गरिएको छैन । बरु वास्तविक फोटोहरूको रूपमा प्रस्तुत गरिएको छ । यात्राबारे लामो ब्याख्या गर्दै प्रस्तुत गरिएको छ जसमा हिउँ चितुवाको खोजिमा पावलोस्कीले सगरमाथाको फेदमा रहेको गोरकशेपसम्मको आफ्नो पदयात्राको वर्णन गरेकि छन् ।

धेरै वर्षदेखि हिउँ चितुवालाई ट्र्याक गर्ने (खोजि गर्ने, पिछा गर्ने) फोटोग्राफर भिन्सेन्ट मुनियर स्पष्ट भन्छन्: ‘म यस प्रकारको सिर्जनाको विरुद्धमा लाग्नुपर्ने, भन्नुपर्ने केही छैन । तर यसलाई त्यस्तै रूपमा (मिसमास गरेर वा आफूले स्रिजनात्मक रुप दिएर बनाएको अलग फोटो हो, प्राकृतिक होइन) भनेरै प्रस्तुत गर्नुपर्दछ।


किटीया पावलोवस्कीको काम खासै ज्ञात छैन । उनको वेबसाइट चारवटा हिउँ चितुवाकै फोटोमा मात्रै सिमित छ । अन्य कुनै जनावरको फोटो छैन । उनको इन्स्टाग्राम खातापनि उस्तै छ जहाँ जम्मा पाँच तस्बिरहरू छन्ः चार हिउँ चितुवाका फोटो र उनको आफ्नै फोटो । उनलाई ५० हजारभन्दा बढीले पछ्याएका (फलोअर्स) छन् । कति फोटोग्राफरले आफूले खिचेको फोटो अनलाइन ग्यालरीहरूमा देखाउँदैनन्? केहीले सायद । केवल मुट्ठीभरले ।

अलपाईन पत्रीकालाइ उपलब्ध गारएको उनको आफ्नै फोटोपनि जोडजाड वा (कोलाज) गरिएको, कोलाज गरेर वेभसाईटमा राखिएको, आफ्नै फोटोमा नक्कली हिमालय प्रिष्ठभूमी हालिएको अलपाईनले उल्लेख गरेको छ । र अलपाईनले भनेको छ “यदि तपाईं वास्तवमै त्यहाँ हुनुहुन्थ्यो भने किन आफैलाई नक्कली हिमालय पृष्ठभूमिमा चित्रण गर्नुहुन्छ?”

किटीया पवलोस्कीले आफ्नो ब्लगमा हिउँ चितुवा देखेको जसरि ब्याख्या गरेकि छन् त्यसलाईपनि अलपाईनले नाटकिय भनेको छ । ‘घोस्ट अफ हिमालय (हिमालयको भूत)’ नामक उनको कथाले मुस्ताङमा चितुवाको खुट्टाको डोब (स्पोर) देखेर पवलोस्कीलाई खुम्बु उपत्यकामा कसरी पुर्यायो भन्ने कुरा बताउँछ । पहाडको यस भाग (थकान, चिसो, किलोमिटर) मा ट्रेकको सामान्य कठिनाइहरू वर्णन गर्ने केही वाक्यहरू पछि, फोटोग्राफर कथाको केन्द्रमा पुग्छिन् स् ‘मेरो क्यामेराको टेलीफोटो लेन्समा हेर्दै, पुमोरी हिमालको छायामा मैले केहि याद गरें । सुरुमा, मलाई यो चट्टान हो जस्तो लाग्यो, तर मैले खोजेको ठ्याक्कै त्यही हो।’ चितुवा पहिले नै त्यहिँ भैरहेको जस्तैगरि उनले ब्याख्या गरेकि छन् । जस्तो कि फिल्ममा जेपनि यस्सो औंला पड्काएकै भरमा समाधान हुन्छ ।

विगत तीन दशकमा यस क्षेत्रमा घुम्न आएका अधिकांश पर्वतारोहीले हिउँ चितुवाको झलकसमेत देखेका छैनन् । यस मायावी जनावरबाट मोहित वन्यजन्तु फोटोग्राफरहरूलाई चिन्ने मानिसहरूलाई यो देख्न कत्ति गाह्रो छ भनेर थाहा छ ।

फ्रान्सको सबैभन्दा प्रसिद्ध वन्यजन्तु फोटोग्राफर भिन्सेन्ट मुनियर भन्छन् “यी तस्बिरहरूको अकल्पनीयताले मलाई तुरुन्तै छोयो । मैले चितुवाहरू बाटो पार गरेको देखेको छु, तर तिनीहरू धेरै छिटो हिँड्छन् र तिनको फोटो छोप्न (क्याच गर्न) लगभग असम्भव हुन्छ । एउटा चितुवा बसेको पोज लिन धेरै असम्भव छ। तर त्यहाँको त्यो पृष्ठभूमिसँग चितुवा बसेको अनौठो छ। एउटा तस्बिरमा जुन उज्यालो छ त्यो फिट हुँदैन । त्यहाँ दुईवटा सूर्य भएजस्तो देखिन्छ । ती तस्बिरहरू यस्तो प्रकारका हुन् जुन तपाईंले प्राप्त गर्ने प्रयासमा जीवनभर पर्खिनुपर्ने हुनसक्छ। मलाई लाग्छ कि यसलाई फरक नछुट्ट्याउनु साँच्चै खराब हो। विशेष गरी, उनी लामो कथा बुनिरहेकि छन् । अझ के भने, मैले चितुवा दौडिरहेको बेला देखेको छु, जबकि चितुवाको मुखबाट निस्कने द टाइम्स अफ लन्डनले छापेको बसिरहेको चितुवाको ठाडो तस्बिरमो पूर्णतया अवास्तविक छ ।

हिउँ चितुवाहरू ५,५०० मिटर भन्दा माथि जान सक्दैनन्। पवलोस्कीको तस्बिरहरूमा चितुवा उच्च हिमाली वातावरणमा ‘बसिरहेको’ छ ।

हामीले नुप्सेको पूर्वी काँधको रूपमा पहिचान गरेका ठाउँमा, आइसफल माथि, लगभग ६,३०० मिटरमा बसिरहेको छ । भिन्सेन्ट मुनियरले भनेझैंस् ‘तिनीहरूलाई हिउँ चितुवा भनिन्छ, तर तिनीहरू प्रायः कहिल्यै हिउँमा जान तर्फ लाग्दैनन्, बरफ भएको ठाउँमापनि कम जान्छन् र सिकार नभएका ठाउँहरूमा पनि कम । तिनीहरू कहिल्यै कठिनाइहरू खोज्दैनन् । तिनीहरू चट्टानी इलाकामा बस्छन् ।’

तिनीहरू एकान्ततालाई मन पराउँछन् । हो त्यसलाई ध्यानमा राख्दै, यो स्पष्ट छ कि तिनीहरू हिमालयको सबैभन्दा धेरै भ्रमण गरिएको भागहरू मध्ये एक गोरकशेप जस्ता व्यस्त ठाउँहरूबाट टाढा रहनछन् । हेलिकप्टरहरूको निरन्तर उडान एभरेष्ट बेसक्याम्प भित्र र बाहिर भैरहन्छ र त्यहाँ धेरै हल्ला भैरहन्छ ।

११ नोभेम्बर २०२२ मा तस्बिरहरू संसारभर गए । पवलोस्कीको इन्स्टाग्राम खाताबाट केही वाक्यहरू अनुवाद गरियो । र निर्विवाद सत्यको रूपमा प्रस्तुत गरियो। टाइम्स अफ लन्डन लगायत विश्वका ठूला मिडिया आउटलेटहरू पनि पासोमा परे र तिनीहरूलाई वास्तविक तस्बिरहरूका रूपमा प्रकाशित गरे । जस्तै पेटापिक्सेल र चेस्यूर डी’इमेजहरू जस्ता विशेषज्ञ मानिएका फोटो वेबसाइटहरू, साथै नेपालस्थित अमेरिकी दूतावास लगायत अन्य संस्थाहरूलेपनि सारे । र इन्स्टाग्रामको स्टार वाइल्डलाइफ फोटोग्राफी खाता एनिमल प्लानेटलेपनि दियो ।

यहाँ अलपाईन मेगाजिनमा हामीले किटीया पवलोस्कीलाई उनको चार तस्बिरहरूको उच्च रिजोल्युसन प्रतिलिपिहरू माग्न इमेल गर्यौं। उनले जवाफ दिइन् र केही घण्टाभित्रै पठाइन् । ‘मैले यस शृङ्खलाका करिब ५० प्रिन्टहरू बेचेकि छु र तीमध्ये धेरैजसो फ्रान्समा थिए, त्यसैले मलाई विश्वास छ कि यसले तपाइँका पाठकहरूलाई चासो दिनेछ’ उनले भनिन् ।

फोटोहरूमा समावेश जानकारी (मेटाडेटा र एक्जिफ, अर्थात्, प्रत्येक तस्बिरको परिचयपत्र) मा प्रयोग गरिएको क्यामेरा निकोन डि ८५० मा ५००  एम एमको निक्कोर लेन्सर लेन्स भएको देखाउँछ । यो उही मोडेल हो जुन पावलोवस्कीले शंकास्पद पृष्ठभूमिसहित आफ्नै दुई फोटोहरू समातेकि छन्  ।

विशेष