समाचार मुख्य समाचार

सुरु भयो चितवन-२ को मतगणना, रविको घण्टी बज्ला कि फुट्ला? 

सुरु भयो चितवन-२ को मतगणना, रविको घण्टी बज्ला कि फुट्ला? 

चितवन क्षेत्र नम्बर-२ को पनि मत गणना सुरु भएको छ ।

प्रतिनिधि सभा र प्रदेश सभा दुवैको प्रत्येक्षतर्फको मत गणना सुरु गरिएको हो ।

प्रतिनिधि सभाको दुई ठाउँ र प्रदेश सभाको एक/एक ठाउँमा मत गणना भइरहेको छ ।

यो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने, गठबन्धनबाट कांग्रेसका उमेश श्रेष्ठ, एमालेका कृष्णभक्त पोखरेल, राप्रपाका रविन अधिकारी, जनता समाजवादीका मुस्तफा अली प्रतिस्पर्धी छन् ।

चितवन २ मा लामिछाने र गठबन्धनका श्रेष्ठबीच प्रतिश्पर्धा हुने आकलन गरिएको छ । यद्यपी हालै जन्मिएको राष्ट्रिय स्वतन्त्र पार्टीले राम्रो जनमत पाएको देखिन्छ । अहिले मतगणना भएका ठाउँहरु मध्ये ४ ठाउँमा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ । काठमाडौँ-७, काठमाडौँ-६, कास्की-२ मा घण्टीको अग्रता देखिएको छ । 

यसअघि १ बजे मतगणना सुरू हुने भनिएकाे थियाे ।  सो क्षेत्रमा उम्मेदवार रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकतासम्बन्धी विवादबारे निर्वाचन आयोगमा परेको उजुरीको कारण मतगणना सुरु हुन ढिलाई भएको हो ।

विशेष