समाचार

कोरोना त्रासः भोलीदेखि विद्यालय वन्द

कोरोना त्रासः भोलीदेखि विद्यालय वन्द

कोरोना संक्रमणको त्रास फेरी वढेपछि माघ १५ गतेसम्मका लागि विद्यालयहरु वन्द हुने भएका छन् । आज बसेको कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी)ले माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

सीसीएमसी प्रवक्ता सुनिता नेपालले कोभिड–१९ संक्रमण रोकथामका लागि भोलिदेखि नै लागू हुने गरी शैक्षिक संस्थाबारे बन्द गर्ने निर्णय गरेको वताए । परीक्षाको तालिका सार्वजनिक भैसकेका शिक्षण संस्थाको हकमा सामाजिक दूरी कायम गर्दै परीक्षा संचालन गर्ने निर्णय पनि भएको छ ।

यसैगरी, सार्वजनिक स्थानमा २५ जनाभन्दा बढी भेला हुने गरी मेला महोत्सव नगराउने गरी गृहमन्त्रालयलाई सिफारिस गर्ने निर्णय समेत भएको छ। यो निर्णय अर्को सूचना जारी नहुँदासम्म लागु हुनेछ।

माघ ३ गतेदेखि सार्वजनिक स्थानहरु पार्क, फिल्म हल, रेष्टुरेन्ट र सपिङको लागि मलमा जाने व्यक्तिले अनिवार्य खोप कार्ड देखाउनुपर्ने भएको छ । 
 

कोरोना

विशेष