समाचार इतिहास र अनुभूति

प्रधानमन्त्री ज्यू, सडक दुर्घटना र करेन्ट लागेर मरेका पनि सहिद हुन? 

प्रधानमन्त्री ज्यू, सडक दुर्घटना र करेन्ट लागेर मरेका पनि सहिद हुन? 

प्रधानमन्त्री शेरबहादुर देउवाले आईतवार राजनीतिक आन्दोलनमा सहिद भएकाहरुको सत्यतथ्य विवरणसहित एकीकृत अभिलेख तयार गर्न निर्देशन दिए। सहिद दिवसको अवसरमा बोल्दै उनले सहिदहरूको योगदानलाई चिरस्थायी बनाउन सरकारले सहिदका परिवारलाई सहयोग गर्ने तथा सहिदहरूको बारेमा युवा पुस्तालाई जागरुक बनाउनुपर्ने बताए ।

प्रधानमन्त्रीको यो निर्देशनपछि सहिदको परिभाषामै विवाद सुरु भएको छ। सहिद भन्नासाथ हाम्रो मस्तिष्कमा जहानियाँ राणा शासन फालेर जनतालाई प्रजातन्त्र दिलाउन ज्यान दिने शुक्रराज शास्त्री, गंगालाल, धर्मभक्त, दशरथ चन्दको नाम याद आउँछ। नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा प्रकाशित नेपाली बृहत् शब्दकोशका अनुसार ‘सहिद’शब्दको अर्थ हुन्छ– आफ्नो देश, संस्कृति र अस्तित्वको संरक्षण तथा स्वतन्त्रता प्राप्तिका निम्ति बलिदान भएर लोकहितमा लाग्ने अमर व्यक्ति । तर, नेपालका राजनीतिक शक्तिहरूले क्षणिक फाइदाका लागि सहिद शब्दकै मानमर्दन गर्दै जोकोहीलाई सहिद घोषणा गर्दै आएका छन्।

आन्दोलनका समयमा सडक दुर्घटना, कालगति, करेन्ट लागेर मरेका तथा आत्महत्या गरेका व्यक्तिलाई समेत राज्यले सहिद मान्नुपर्ने अवस्था आएको जानकारहरु वताउँछन। अब त जस्तोसुकै आन्दोलन वा विरोध प्रदर्शनका समयमा मारिने असम्बद्ध व्यक्ति पनि सहिद बन्ने अवस्था आएको उनीहरुको भनाई छ। 

मधेश प्रदेशका पूर्व प्रदेश प्रमुख एवम् राजनीतिक विश्लेषक राजेश अहिराज पनि सहिद शब्दको दुरुपयोग भएको मान्छन्। उनी नेपालमा सहिद नै नभएको तर्क गर्छन। उनले सामाजिक सञ्जालमा ‘नेपालमा शहीद छ त  ?’ भन्दै प्रश्न उठाएका छन् । उनी लेख्छन्–‘एउटै देश भित्रको व्यवस्था परिवर्तन, दल परिवर्तन, नेता परिवर्तन, संविधान परिवर्तन र गुट परिवर्तन गर्नका लागि लड्ने दलका कार्यकर्ताले मृत्यु वरण गर्दा सहीद घोषणा गर्ने र मान्ने कार्य उचित होइन।  एउटै द्वन्द्वमा मर्ने र मारिने दुबै पक्षलाई सहीद घोषणा आफैमा हास्यास्पद हो।  शहीद शब्दको अपमान र दुरुपयोग नगरौ।’

सहिद