समाचार

सिटामोलका लागि पनि सर्वोच्चको आदेश...

सिटामोलका लागि पनि सर्वोच्चको आदेश...

सर्वोच्च अदालतले सिटामोलको अभाव हुन नदिन अल्पकालीन अन्तरिम आदेश दिएको छ । मंगलवार न्यायाधीश मनोजकुमार शर्माको इजलासले संघीय सरकार र सातै प्रदेशका सरकारका नाममा सिटामोल औषधिको अभाव हुन नदिन र सहज रुपमा उपलब्ध हुने व्यवस्था मिलाउन आदेश दिएको हो।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सिंहदरबारसहित सात वटै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई विपक्षी बनाएर टीका बहादुर कुँवरले सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए ।

बजारमा सिटामोल औषधिको अभाव भएको र संविधानले जनतालाई स्वास्थ्यलाई आधारभूत अधिकारका रुपमा स्वीकार गरेको दाबीसहित उनले सामान्य औषधिको समेत अभाव हुँदा सरकार मूकदर्शक बन्नु संविधानकै उपहास हुने रिट निवेदनमा उल्लेख छ।

सोही रिट निवेदनमाथि मंगलबार सुनुवाइ गर्दै अदालतले सिटामोलको अभाव हुनुमा कारण देखाउनसमेत विपक्षीहरूलाई आदेश दिएको छ । यसका साथै दुवै पक्षलाई अन्तरिम आदेश जारी गर्नु पर्ने या नपर्ने भन्नेबारे छलफलका लागि समेत बोलाएको छ । 
 

सर्वोच्च अदालत सिटामोल