समाचार पर्यटन

सिमकोटमा हिउँले बिमान पुरिएपछि...

सिमकोटमा हिउँले बिमान पुरिएपछि...

हुम्लामा निरन्तरको हिमपातका कारण जनजीवन कष्टकर भएको छ। सिमकोट विमानस्थल हिउँले पुरिएको छ भने विमानस्थलमा रहेका विमान पनि हिउँले छोपिएका छन् । 

आइतबार साँझदेखि निरन्तर हिमपात भइरहेको छ । सदरमुकाम सिमकोटमा झन्डै एक फिटसम्म हिउँ जमेको स्थानीयले जनाएका छन् । जिल्लाको उत्तरी क्षेत्रमा ३ देखि ४ फिटसम्म हिउँ जमेको छ । 

यहाँको तापक्रम माइनसमा झरेको छ। सदरमुकाम सिमकोटको तापक्रम माइनस ८ डिग्रीसम्म झरेको छ । चिसो अत्यधिक बढेपछि वृद्धवृद्धा, बालबालिका, विरामीलाई असहज भएको छ। 
 

सिमकोट