समाचार राजनीति

‘प्रचण्ड’द्वारा २२९ जना केन्द्रीय सदस्यहरुको प्रस्तावित नाम घोषणा

‘प्रचण्ड’द्वारा २२९ जना केन्द्रीय सदस्यहरुको प्रस्तावित नाम घोषणा

नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केन्द्रीय समिति सदस्यहरुको प्रस्तावित नाम घोषणा गरेका छन् ।

प्रज्ञा भवनमा जारी पार्टीको आठौं महाधिवेशनको बन्दसत्रमा सम्बोधनका क्रममा दाहालले केन्द्रीय सदस्यहरुको प्रस्तावित नामहरु वाचन गरेका छन् । 

नाम घोषणा गर्नुअघि दाहालले भने, ’हामीले २९९ को केन्द्रीय समितिमा समानुपातिक १५४ र खुलातर्फ १४५ हुने भयो ।’

सहमतिबाट केन्द्रीय कमिटी चयन गर्ने भन्दै दाहालले निर्वाचन कार्यतालिका पटक–पटक संशोधन गर्न लगाएका थिए ।

माओवादी केन्द्रले आफ्ना १५ पदाधिकारीहरूको नाममा भने अझै सहमति जुटाउन सकेको छैन। केन्द्रीय समिति सदस्यहरुको नाम घोषणासँगै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गरेका छन्।
 

नेकपा माओवादी केन्द्र पुष्पकमल दाहाल ‘प्रचण्ड’