समाचार

देशभर २४ घण्टामा थपिए ४६३६ कोरोना संक्रमित

देशभर २४ घण्टामा थपिए ४६३६ कोरोना संक्रमित

नेपालमा आज अघिल्लो दिनको तुलनामा केही कम कोरोना संक्रमित भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिवार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ४ हजार ६३६ जना कोरोना संक्रमित थपिएका छन्।

यो संख्या शुक्रवारको तुलनामा केही कम हो। शुक्रवार एकैदिन ५ हजारभन्दा बढी कोरोना संक्रमित थपिएका थिए। शनिवार पिसिआर परीक्षणबाट ३ हजार ७०३  र एन्टिजेन परीक्षणबाट ९३३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

पछिल्लो २४ घण्टामा १४ हजार ५५६ जनामा कोरोना परीक्षण गरिएको थियो। पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट ४ जनाको मृत्यु भएको छ भने ३५० जना संक्रमणबाट मुक्त भएका छन्।

देशभर २१ हजार ५ सय  ८४ जना कोरोनाका सक्रिय संक्रमित छन्। 
 

कोरोना

विशेष